आज चैतशुल्क पक्षको नवमी तिथी अर्थात रामनवमी। हिन्दूहरूको महत्वपूर्ण पर्वका रूपमा मनाउने यस दिनमा मर्यादा पुरुष श्री रामको आराधना, भजनकीर्तन, उपासना गर्ने परम्परा रही आएको छ।
शास्त्रहरूका अनुसार त्रेता युगमा नीति, सिद्धान्त, सुशासन तथा वीरताका प्रतीक मानिने रामको अवतार भएको हो जसले अहंकारी र परपीडकको रुपमा मानिएका रावणको वध गरेर असत्यमाथि स– त्यको विजयको सन्देश प्रवाह गरेका थिए । पितृभक्ति तथा भ्राता स्नेहको उदाहरण प्रस्तुत भएको रामको चरित्रका वारेमा आजका दिन विशेष चर्चा गर्ने गरिन्छ। युद्धमा जीत हासिल गर्नकालागि भगवान रामले देवी देवताको उपासना गरेका थिए। यसैले नवरात्रीको नवमी तिथीका दिन देवी दुर्गा तथा रामको पूजा अर्चना गर्ने परम्परा छ । नेपाल, भारत लगायत विश्वका अन्य कतिपय मुलुकमा समेत रामनवमी पर्ने धुमधामका साथ मनाईने गरेको छ । समस्त हिन्दूहरुका लागि आस्था पुरुषका रूपमा रहेका रामको जन्मदिनको अवसर पारेर विभिन्न स्थानमा महायज्ञ समारोह तथा राम पूजाका कार्यक्रम समेत आयोजना गरिन्छ । शास्त्रहरूमा उल्लेख भए अनुसार पृथ्वीमा धर्मको नाश हुन थालेपछि भगवानले धर्म रक्षाकालागि मनुष्यका रूपमा पृथ्वीमा अवतार लिनु परेको छ । त्रेता युगमा पनि राक्षसी शक्तिलाई परास्त गर्नकालागि भगवान विष्णुले मात्रा कौशल्याको गर्भवाट श्रीरामका रूपमा मानव अवतारमा जन्म लिएको वताईएको छ। रावण वध गरेर लंकामाथि विजय हासिल गर्नाका साथै धर्मको रक्षा गरेका भगवान रामको प्रार्थना, अर्चना गर्ने पवित्र दिन मानिन्छ ।
रामबाट व्यक्तिको गाथाका बारेमा चर्चा, परिचर्चा र स्मरणबाट व्यक्तिको आचरण, व्यवहार तथा नैतिक मूल्य मान्यतामा पनि सकारात्मक परिवर्तन आउने विश्वासका साथ सत्मार्ग एवम् लोकोपकारी मार्गमा आफूलाई उभ्याउन सकौ । रामनवमीको सबैमा मलमय शुभकामना !