• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा कोल्डस्टोर निर्माणका क्रममा केही काम गरेर अहिले अधुरै छोडेपछि त्यो क्षेत्र गौचरणमा परिणत हुन चालेको छ। लाखौं क्षपियाँ लगाएर पनि काम नसकी वीचमै अधुरो छोडेपछि न किसान लाभान्वित हुन सकेका छन् न त उक्त लगानीको कुनै प्रतिफल नै प्राप्त हुन सकेको अवस्था छ।
अधुरो कामलाई अघि वढाउनकालागि किन चासो नलिएको ? भन्ने प्रश्न गर्दा नगरपालिकाकी कार्यवाहक प्रमुखले अहिलेसम्म भएको काम नै गुणस्तरहीन रहेको, ल्याब टेष्टमा असफल दोखिएपछि थप काम गर्नकालागि ईञ्जिनियरले जिम्मेवारी नलिने भएका कारण कोल्डस्टोरको कामलाई पूरा गर्न नसकिएको भन्ने जवाफ दिएकी छिन्। नगरपालिकाले दिएको जानकारी अनुसार अहिलेसम्म भएको कामको लाखौंं रुपियाँ ठेकेदारले भुक्तानी लिईसकेका छन् । गुणस्तरहीन भएका कारणले अहिलेसम्म भएको काम र लाखौंको वजेट लगानी निरर्थक वन्ने अवस्था आएको छ। उता कोल्ड स्टोरलाई नगरपालिकाले उपलब्ध गराएको जग्गा पनि त्यतिकै ओगटिएको अवस्था छ। अहिलेसम्म भएको काम नै ल्याव टेष्टमा असफल भई गुणस्तरहीन सावित हुने अवस्था आयो भने त्यस्तो काम वापतको भुक्तानी किन दिईयो ? प्रश्न यहाँनिर उठेको छ ।
अव थप वजेट लगाएर पनि अधुरो कामलाई गुणस्तरहीन रहेका कारणले पूर्णता दिन सकिने अवस्था छैन भने यसको जिम्मेवारी कसले लिने ? यति ठूलो रकम लगाएर पनि अघि वढाईएको योजना बीचमै असफल वन्ने अवस्था आउँछ भने यस्तो गुणस्तरहिन काम गर्न, गराउन ज-जसको संलग्नता छ, ती माथी कारवाही चलाईनु जरूरी छ।