न्यूज टुडे
कञ्चनरुप , १ वैशाख । सौन्दर्यको रुपमा रहेको फूललाई मन नपराउने को होला र त्यसमा पनि बर्ष मा १ दिन फूल्ने हारम सुनाखरी फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। त्यो फुल हेर्नलाई मानिसहरूको भिड नै लाग्ने गर्दछ ।
इसाको छैठौं र सातौं शताब्दी देखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानै फुल्नु र साँझपख ओइलाएर जानु एउटा आश्चर्य र कौतुहलताको बिसय बन्ने गरेको छ ।
दलित मध्ये अति पिछडएिको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रयि स्तरमा पुजनीयका रुपमा रहेका वीरगाथाका वीरपुरुष सहलेशको जीवनसंग त्यस फूललाई जोडने गरेको पाइन्छ ।तर यसपालि लाहानको सहलेश फुलबारी मेलामा र रुपनगरमा सुनाखरिको फुल फक्रेन ।
प्रदेश नम्बर २ अन्तर्गत पूर्व पश्चमि राजमार्ग देखि पश्चिम बिष्णु मन्दिर टोल स्थित कञ्चनरूप -९ रुपनगर अन्तर्गत नवराज पोखरेलको आँपको फुलबारीमा आँपको रुखको हाँगामा विगत १५ वर्षदेखि वर्षको पहिलाे दिन त्यो दुर्लभ सुनाखरी फुल फुल्ने गर्दछ ।तर यस पालि फुल फक्रेन ।
धेरै वर्ष अगाडि देखिनै रुपनगर क्षेत्रमा यो फुल फुलेको हामीले देख्ने गरेको र त्यस फूल प्रति बिश्वास नगरेपछि आफ्नो क्षेत्रको पहचिान पछाडि पर्ने गरेको स्थानीय वृद्ध गुणराज पोखरेल बताउनुहुन्छ ।
हामीहरू अरुको ठाउँको मात्रै गुनगान गाउँछौँ तर आफनै ठाउँको पनि तारिफ गर्न गुनगान गाउन लायक ठाउँहरु छन ।
बर्षको एक दिन बैशाख १ गते मात्र फुल्ने फुल सप्तरीको कंचनरुप ९ रुपनगर नबराज पोखरेलको आँप को बोटमा एसपाली कोपिला मात्र देखियो फक्रेन ।
बगित १५ बर्ष देखो यो सुनाखरिकाे फुल फुल्दै आएको छ तर यसको प्रचारप्रसार नहुदा यसको अस्तित्वमा ह्रास आउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।
फूल फुलेको बगैंचा देखि १ सय मिटर दक्षणि पूर्वमा साक्षात प्रकट नारायण विष्णुको मन्दिर रहेको छ भने ३ कलिोमटिर पश्चिम उत्तर कञ्चनरूप १२ धारापानी पर्यटकीय स्थल भित्र सहलेश राजाको वास स्थानको रुपमा रहेको सहलेश पडिया छ । त्यहाँ ३ वटा ढुङ्गाको पिरा रहेको र पिरा जसले बोकेर लान्छ त्यसको मृत्यु भएको इतहिास रहेको पाइन्छ ।
एउटा बाबाजीले पिरा बोकेर ल्याउदा खोलामा आएपछि बाबाजीको मृत्यु भएको , पिरा फुटेको र सहलेश पडियामा फेरि अर्को पिरा प्रकट भई ३ वटै पिरा रहेको छ ।
यसले के स्पष्ट हुन्छ भने यस क्षेत्रमा सहलेश राजाको वास स्थान रहेको पाइन्छ । यस क्षेत्रहरुको प्रवद्धन संरक्षण गर्न सके प्रदेश नम्बर २ कै नमूना धार्मिक पर्यटकयि स्थल बन्ने स्थानयिको विश्वास रहेको छ ।