• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फेरियो रुपनगर चौकको राष्ट्रिय झण्डा
उत्तम आचार्य 
कन्चनरुप , १ बैशाख ।
नयाँ बर्ष विक्रम सम्वत २०८१ सालको उपलक्ष्यमा रुपनगर चोकमा शनिबार राष्ट्रिय झण्डा फेरिएको छ । रास्ट्रिय युवा संघ नेपाल कन्चनरुप नगर कमिटीद्वारा आयोजित एक समारोहका विच राष्ट्रिय झण्डा फेरिएको हो । 
 युवा संघका नगर कमिटी अध्यक्ष जैनुद्दिन मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राज कुमार लेखीले पुरानो झण्डा हटाएर नयाँ राष्ट्रिय झण्डा फेरेका हुन्। 
कार्यक्रममा बोल्दै मन्त्री लेखीले राष्ट्रिय झण्डा देशको पहिचान रहेकोले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।नयाँ बर्ष सबैको लागि फलदायी हुने विश्वास व्यक्त गर्दै  मन्त्री लेखीले यस बर्ष देशमा सुशासन कायम गर्न र बिकास निर्माणले तिब्रता पाओस भन्ने शुभकामना दिए । 
कार्यक्रममा कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्र , नेकपा एमाले कन्चनरुप नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरी लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 
राष्ट्रिय युवा संघ नेपाल नगर समितिले नयाँ बर्षको अवसरमा प्रत्येक बर्ष रुपनगर चौकमा राष्ट्रिय झण्डा फेर्ने गरेका छन् ।