• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राज्यमन्त्री कार्कीलाई ४५ किलोको मालाले स्वागत

राज्यमन्त्री कार्कीलाई ४५ किलोको मालाले स्वागत
न्यूज टुडे
राजविराज, ३० चैत । 
संघीय सरकारका वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीलाई जनकपुर एयरपोर्टमा शुक्रबार भव्य स्वागत गरिएको छ। राज्यमंत्रीको पदभार ग्रहण पश्चात पहिलो पटक आफ्नो गृह जिल्ला आएका उनलाई एयरपोर्टमै पुगेर जसपाका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेको हो । 
एयरपोर्टबाट सीधा धनुषाधाम स्थित  वनस्पति कार्यालय द्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री कार्कीलाई परशुराम तलाऊमा रोकेर धनुषा क्षेत्र नम्बर १ का जसपा नेताकार्यकर्ताहरुले ४५ किलोको माला लगाएर स्वागत गरेका भिए ।
क्षेत्र नम्बर १ मा ४५ वटा वडा रहेको त्यसैको प्रतिकको रुपमा ४५ किलोको माला लगाइएको क्षेत्रिय अध्यक्ष विनोद यादवले बताए ।
राज्यमन्त्री कार्की जिल्लाको विभिन्न कार्यक्रममा सरिक भई ५ दिनपछि काठमाडौ फर्किने कार्यक्रम रहेको जसपा मधेश प्रदेश समितिले जनाएको छ ।