• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आज २०८० सालको अन्तिम दिन । भोलिदेखि नववर्ष २०८१ को आगमन हुनेछ। वितेका वर्षमा के के काम र प्रगति भयो भन्ने कुराको समीक्षा गर्दै भेटिएका कमी कमजोरीमा सुधारका साथ अघि वढ्नकालागि अठोट लिने अवसर पनि हो नववर्ष ।
राष्ट्रिय स्तरबाट हेर्ने हो भने २०८० को अन्त्यतिर नेतृत्व यथावत रहे पनि सरकारको समीकरण चाहीँ फेरिएको अवस्था छ । बदलिदो परिवेशका सन्दर्भमा प्रधानमन्त्री स्वयम् ले  आफू काम गर्नकालागि नै सरकारको नेतृत्वमा आएको र काम गर्न नसके सरकारमा टाँसिएर बसिरहनुको कुनै अर्थ नरहने कुरा बताईसकेका छन् । प्रधानमन्त्रीले लिएको अठोटलाई मूर्त रूप दिनका लागि सरकारको टिमवाट नै सहयोग आवश्यक रहने निर्विवाद छ। समग्र टिमले एकै ऊर्जाका साथ काम गर्ने हो भने अठोटलाई पूरागर्न सफलता मिल्ने अपेक्षा राख्न नसकिने होईन । बढ्दो महँगी र भ्रष्टाचारका कारणले नेपाली जनतामा असन्तुस्टी हुँदैछ । बेरोजगारीको समस्या पनि विकराल बन्दै गएको छ। कामकै लागि युवा पलायनको समस्या, जोसुकैले महशुस गरेकै विषय हो । नव वर्ष आगमनको यस उल्लासमा यस्ता समस्या समाधान तर्फ सरकारले चासो लिन जरुरी छ। प्रतिवद्धता र अठोट लिँदैमा सबै कुराले साकार रूप ग्रहण गरिहाल्छ भन्ने होईन । यसकालागि कार्यान्वयन पक्षलाई तिव्रताका साथ अघि बढाउनुपर्ने हुन्छ ।
नववर्ष  आगमनको केही महिनामै चालु आर्थिक वर्षको पनि समाप्ति हुनेछ । त्यसैले कामलाई तिव्रता दिनुपर्ने यस समयको अधिकतम उपयोग हुन आवश्यक छ ।