न्यूज टुडे
राजविराज, २९ चैत ।
राष्ट्रिय सहकारी महासंघकी केन्द्रिय अध्यक्ष ओम देबि मल्लले त्रियुगा बहुमुखी सहकारी संस्था मधेस प्रदेशकै उत्कृष्ट सहकारी रहेको बताएकी छिन् । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित सहकारीको ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले त्रियुगा सहकारी मधेस प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारबाट समेत पुरस्कृत भैसकेको बताइन ।
देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुर्याउने सहकारी व्यवासायको संरक्षण र प्रबर्द्धनमा तिनै तहको सरकार गम्भीर हुनुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उनले सहकारी माथी भइरहेको दुर्गा प्रसाइहरु जस्ताको चौतर्फी आक्रमण देशका लागि राम्रो नभएको र यस्ता उछृखल तत्वलाई राज्यले निरुत्साहित गर्नुपर्ने बताइन् ।
राष्ट्रिय सहकारी बोर्डका निबर्तमान सदस्य शम्भुबहादुर खड्काले सहकारीको माध्यमले देशमा व्यप्त अभाव र बेरोजगारी समस्या न्यूनीकरणमा ठुलो योगदान गरेको बताउदै यसमा त्रियुगा सहकारीको समेत अविस्मरणीय योगदान रहेको उल्लेख गरे ।
सप्तरी जिल्लाकै पुरानो सहकारी संस्थाहरुमध्येको एक त्रियुगा बहुमुखी सहकारी सस्थाले आफ्नो स्थापनाको ५० औं वर्ष पुरा गरेर ५१ औ बर्षमा प्रवेश गरेको अवसरमा ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती चैत्र २८ गते विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण,वृद्ध शेयर सदस्यहरुलाई सम्मान,संस्थापक र पुर्व अध्यक्षहरुलाई सम्मान र खुल्ला रक्तदान कार्यक्रम गरि विभिन्न जातजाति थारु,मगर,नेवार र पन्चेबाजा समुहबाट झाँकि प्रदर्शनी गरि मनाएको छ ।
२०२९ सालमा साझा संस्थाको रुपमा संस्थापक अध्यक्ष गोबिन्द बहादुर बस्नेत लगायत ५ जना सेयर सदस्यबाट धरमभकारीको रुपमा मुठि अन्न तथा प्रतिशेयर १० रुपैयाँका दरले जम्मा गरि शुरु गरिएको संस्था जिल्लामा खोलिएका २५ वटा साझा संस्था मध्ये एक मात्र जिबित संस्थाको रुपमा रहेको छ ।
त्रियुगा साझाको संस्थाको रुपमा शुरु गरिएको संस्था २०४८ मा सहकारी ऐन लागु भए पछि त्रियुगा बहुमुखी सहकारीको रुपमा सन्चालन हुदै आएको संस्थाको स्वर्ण जयन्ती मनाउदै गर्दा ४ हजार ४० जना शेयर सदस्य रहेका छ्न ।
त्रियुगा सहकारीले स्वर्ण जयन्तीको अबसरमा आयोजना गरेको नगरभरीका सहकारी कर्मचारी र सरकारी कर्मचारी बिचको फुटबल प्रतियोगिता चैत्र २० गते ६७ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा खेलाएको थियो । प्रतियोगितामा सरकारी कर्मचारीलाई ४-२ को गोलान्तरले पराजित गर्दै सहकारी कर्मचारीको टिम विजयी भएको थियो । सहकारी कर्मचारीको तर्फबाट फत्तेपुर बहुउद्देश्यीय सहकारीका कर्मचारी किरण भट्टराई ,रक्तमाला सहकारीका ब्याबस्थापक बिकास घिमिरे,त्रियुगा बहुमुखी सहकारीका कर्मचारी आशिष लामिछाने र सानाकिसान सहकारीका कर्मचारी रमानन्द मण्डलले एक-एक गोल गरेर टिमलाई विजयी बनाएका थिए भने सरकारी कर्मचारीको तर्फबाट अमित चौधरी र शिशिर खतिवडाले एक- एक गोल गरेर उपबिजेता भएको थियो ।
स्वर्ण जयन्तीको अबसरमा आयोजना गरिएको सप्तकोसी नगर स्तरीय अन्तर सामुदायिक बिधालय बक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय मा.बि फत्तेपुरकी छात्रा आशिका बि.क. प्रथम, जनता मा.बि भगनीकी बिनिता खडका दोस्रो, र नन्द उ. मा. बि.ओद्राहाकी छात्रा सिद्ध कुमारी झा तेस्रो भएकी थिइन् ।
सप्तकोसी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता समुह “ए” बाट बालकृष्ण घिमिरे र एजेट लामाको जोडी प्रथम, सुरज खडका र आशिष पोखरेलको जोडी द्धितिय र अमर बि.क.जोडी बुद्ध खडका,रमेश पौडेलर हेम पौडेलको जोडी तृतीय भएका थिए।समुह “बि” तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडी प्रथम, शम्भु चौधरी,अरुण कटवालको जोडी दोस्रो,बिशाल पौडेल जोडी रणबहादुर मगर, प्रतिक बिस्ट र उदय बानियाको जोडी तृतीय भएका थिए।
सप्तकोसी नगरपालिका अन्तर बिधालय स्तरीय हाजिरजबाफ प्रतियोगितामा सरस्वती बिद्या मन्दिर फत्तेपुर प्रथम, लिटिल स्टार बोर्डिङ स्कुल दोस्रो पाइनियर बोर्डिङ स्कुल तेस्रो भएको थियो । सम्पुर्ण प्रतियोगिता बिजेता खेलाडीहरुलाई संस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीले ट्रफी , मेडल र प्रमाणपत्र बितरण गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षता सम्पन्न भएको थियो ।