राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशका कृषि क्रान्तिको भूमि भएर पनि सुक्खा ग्रस्त बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता दर्शनका लागि मंगलबार सप्तरी आएका उनले यो समस्या समाधानका लागि कोशी कमला डाईभर्सनको काम शीघ्रातिशिघ्र हुनुपर्ने उनको सुझाव छ । छिन्नमस्ता भगवती मन्दिर परिसरमै स्वागतका लागि भेला भएकाहरुलाई सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले यसका बारेमा आफूले पनि सरकारलाई घटघच्याउने बताएका छन् । हो, तराई–मधेश क्षेत्र कृषिमा क्रान्ति ल्याउने उर्बर भूमि नै हो । तर अहिले यो उर्बर भूमि सिँचाई अभावको समस्या खेप्दैछ । सप्तरीको सन्दर्भमा नै भन्दा पनि देशकै प्रथम नहरका रुपमा रहेको चन्द्रनहरको निर्माण यहीँ भएको हो । पूर्वीत्तर भेगको फत्तेपुरदेखि दक्षिणी भूभागसम्म सिँचाई सुविधा उपलब्ध हुने गरेको यो नहरबाट अहिले कमाण्ड क्षेत्र भरि सबैतिर सिँचाई हुन नसक्ने अवस्था छ । मर्मत सम्भारको अभाव, खोलामा पानी कम हुँदै जानु जस्ता समस्याले गर्दा सिँचाईमा त्यसको प्रभाव पर्दै आएको छ । यही कारणले गर्दा नै कुनै समय विदेशसम्म खाद्यान्न निर्यात गर्न सक्षम तराई मधेशमा अहिले बाहिरबाट आयात गर्नुपर्ने अवस्था सिर्जित हुन पुगेको तीतो यथार्थ कसैबाट पनि लुकेको छैन । राष्ट्रपति पौडेलकै भनाईलाई आधार मानेर भन्नुपर्दा कृषि क्रान्तिको लक्ष हासिल गर्न पहिला यहाँको सुक्खा समस्यालाई हल गर्ने पर्दछ । ‘तराईलाई अन्नको भण्डार मानिन्छ’ भन्ने वाक्यांश पञ्चायती कालका पनि किताबमा पढ्न पाईन्थ्यो । तर करीब चार दशक भित्रै तराईमा पनि बाहरिबाट खाद्यान्न ल्याउनु पर्ने अवस्था आएको छ ।
यहाँको उर्बर भूमिलाई गुल्जार तुल्याउन पहिला सुक्खाको समस्यालाई हल गनाृका साथै रोजगारीको खोजीमा हुने गरेको युवा पलायनलाई रोक्न आवश्यक छ ।