नव वर्ष २०८१ आगमन सँगै बैशाखको पहिलो सातादेखि राजविराजमा मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ ।
बैशाख ६ गतेदेखि सञ्चालन हुने प्रतियोगिताका लागि राजविराज नगरपालिका र सप्तरी क्रिकेट संघ बीच आइतबार यस सम्बन्धी सम्झौता भएको छ । खेलकुदको विकासका लागि समय–समयमा यस सम्बन्धी प्रतियोगिता हुनुपर्ने अपरिहार्यता नै मानिन्छ । त्यसमा पनि क्रिकेटको व्रmेज त अग्रस्थानमा नै रहेका कारण यसको प्रतियोगिता आयोजना गरिनु त अझै सुन्दर पक्ष हो । राजविराज नगरपालिकाले यस प्रतियोगितामा सहयोग गर्ने भएपछि त किव्रmेट प्रेमी र लेखाडीहरुका बीच पनि यसले उत्साह थपेकै हुनुपर्छ । स्थानीय सरकारकै रुपमा रहेका स्थानीय तहहरुले आफ्नो क्षेत्रमा खुलकुदको उत्थान र विकासका लागि पनि ध्यान दिनै पर्ने हुन्छ । अन्तर्राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गरिसकेको सप्तरीमा क्रिकेटको भविष्य राम्रो छ भन्ने यो नै पोख्त प्रमाण हो । अहिले मेयर कप आयोजना गर्ने सम्बन्धी सम्झौता भएको छ । आगामी दिनमा ध्यान दिने हो भने यसबाट राम्रा खेलाडी उत्पादनमा पनि टेवा पुग्ने अपेक्षा लिन सकिन्छ । मेयर कपको लागि सम्झौता संगसंगै राजविराज स्थित राजरंगशालाको स्तरीकरणको काम पनि आइतबारबाटै सुरु भएको छ । कार्यबाहक नगरप्रमुख इसरत परविनले राजरंगशालामा प्याराफिट, बाउण्ड्री वाल, गेट लगायतको निर्माण कार्यको शिलान्यास गरेपछि अब विधिवत रुपमा काम अघि बढ्ने भएको छ ।
खेल मैदानको स्तरीकरण पश्चात अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिन सके राजविराजको प्रसिद्धिमा समेत यसले मद्दत पु¥याउने छ ।