• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुने खबरले सप्तरीवासीमा केही वर्ष अघि खुशियालीमा ल्याएकै हो ।
नगरपालिकाले वडा नं.१० को बिरौलमा प्रतिष्ठानको संरचना निर्माणका लागि जग्गाको समेत बन्दोबस्त गरेपछि प्रारम्भिक चरणका केही कार्यहरु सुरु पनि गरिए यसले अव त केही वर्षभित्रै प्रतिष्ठान सञ्चालनमा आउने छ भन्ने विशवास झनै जागृत गरायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भच्र्युअल माध्यमबाट प्रतिष्ठानको भवन शिलान्यास पनि गरियो । तर केही महिनापछि नै निर्माण स्थलमा काम सुचारु हुन सकेन जसले गर्दा विभिन्न चरणका आन्दोलन नै गर्नु प¥यो । जनतामा जागेको उत्साह मत्थर भई निराशाले डेरा जमाउने अवस्था आयो । पछिल्लो चरणमा तीन दिन अघि मात्र सरकारले राजविराजमा निर्माण गर्ने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति प्रसाद चौधरीलाई नियुक्त गरेको छ । चौधरी सप्तरीवासी समेत रहेका आप्mनै गृह जिल्लामा प्रतिष्ठानको निर्माण हेतु उनको सक्रिय भूमिका रहने अपेक्षाका साथ यति बेला सामाजिक सञ्जालबाट उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी नै छ । हुन त पहिला पनि पूर्वाधार तयारी विकास समितिका अध्यक्षको नियुक्ति नभएको चाहीँ होईन । यसरी नियुक्त भएकामा सप्तरीवासी पनि परेका थिए । तर पनि बीचैमा काम रोकिने अवस्था आयो । प्रतिष्ठानको निर्माणमा सरकारले नै ध्यान केन्द्रित गरी आवश्यक बजेटको व्यवस्थाका साथ काम अघि बढाउनुपर्ने र त्यसलाई निरन्तरता दिनुपर्ने प्रमुख आवश्यकता हो । सरकारको फेरबदल भएको अवस्थामा प्रतिष्ठानको निर्माण कार्यमा त्यसको प्रभाव पर्न नपाओस र निर्धारित समय सीमा भित्र काम सम्पन्न भएर प्रतिष्ठान सञ्चालनमा आउन सकोस् भन्ने मूल लक्ष्यका साथ अघि बढ्दा मात्र सप्तरीवासीको चाहनालाई मूर्त रुप दिन सकिने छ । राजनीतिक खिचातानी, जसको होडवाजी र यसैका लागि गरिने तिकडमवाजीबाट प्रतिष्ठान मुक्त रहोस् र सप्तरीको पनि विकास हुनुपर्छ भन्ने पवित्र भावनाका साथ सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला सबै पक्षले एकै भावना र लक्ष्यका साथ अघि बढ्नु पर्ने यति बेलाको प्रमुख आवश्यकता हो ।
जिल्लाका विकासमा टेवा पु¥याउने प्रतिष्ठानको निर्माण कार्य हुनुपर्छ भन्नेमा जसरी विगतमा सबैजसो राजनीतिक दलहरुका बीच एक मत थियो अहिले पनि सोही भावनाका साथ आ–आफ्नो स्तरबाट भूमिका निर्वाहको समय आएको छ । यसै सड्ढल्पका साथ अघि बढ्न सके मात्र फेरि निराश हुनु पर्ने अवस्था आउने छैन ।