• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा पनि ध्वनि प्रदूषणको समस्या बिकराल बन्दै गएको छ । विभिन्न अवसर तथा धार्मिक कार्यमा बजाईने डिजे साउण्डका कारण सबैभन्दा बढी सर्वसाधारणलाई सताईरहेको अवस्था छ ।
हरेक टोलटोलमा नियमित जसो गरिने धार्मिक कार्यमा चर्को आवाजमा माईक बजाउने,राती अबेरसम्म पनि माईक बन्द नगर्ने परम्पराका कारणले पनि थप समस्या पैदा गरेको छ । यस बाहेक सवारी साधनमा लगाईएका प्रेसर हर्नले बाटो हिँड्नेदेखि आसपासका बासिन्दा समेतलाई सताउने गरेको छ छँदैछ । संघीय राजधानी काठमाण्डौं लगायत केही शहरमा त हर्न बजाउन नै निषेध गरिसकिएको छ । तर सप्तरीमा चाहिँ प्रेसर हर्न बजाएर चर्को आवाजका साथ सवारी साधन निर्वाध चलिरहँदा पनि त्यसलाई नियन्त्रण गर्ने तर्फ कसैको पनि ध्यान पुग्न सकिरहेको छैन । ध्वनि प्रदूषणका कारण व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर त पर्छ नै । यसका साथसाथै विद्यार्थीको पठनपाठनदेखि अन्य क्षेत्रमा समेत बाधा पर्ने भएका कारण यसमा नियन्त्रणको आवश्यकता धेरै अघि महशुस गरिएको पनि हो । अदालतले समेत ध्वनि प्रदूषण गर्नेका बिरुद्ध फैसला गरिसकेकै हो । तत्कालीन पुनरावेदन अदालत राजविराजबाट यस प्रकारको आदेश जारी भए पछि तत्कालीन एसपी सञ्जयसिंह बस्नेतले डिजे बाजालाई नियन्त्रणमा लिएर कारवाही समेत अघि बढाएका थिए । तर त्यस पछिका प्रशासकले यस प्रति चासो नलिएपछि यो समस्या फेरि बढेर बिकराल रुप धारण गरेको सबैमा विदितै छ ।
आफ्नो कार्यको आनन्द वा प्रचार जे उद्देश्यका साथ यसरी बाजा बजाईन्छ यसबाट अरुलाई बाधा वा नोक्सानी नपुगोस् भन्ने कुरालाई हेक्का राख्न सकियो भने मात्र त्यस्ता कार्यको मर्यादा पनि कायम रहने हुन्छ । तसर्थ अरुलाई हानी पु¥याउने यस प्रकारका कार्यमाथि रोक लगाउनै पर्दछ ।