कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जंगली अर्नाको समूहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका किसानहरुले लगाएको केरा बगानमा क्षति पु¥याएको छ ।
किसानले सकि नसकी गरेका मिहिनेत र लगानीबाट हुर्केका केराका बोटलाई अर्नाले खाएर, कुल्चेर क्षति पुर्याउँदा किसानहरु विल्लीमा परेका छन् । अर्ना मात्र होईन आरक्षबाट निस्कने हात्ती तथा बँदेलले समेत बस्तीमा पसेर क्षति पुर्याउने, घाँस दाउराका लागि गएको बेला आक्रमण गर्ने गरेको घटना पटक–पटक दोहोरिने गरेका छन् । जंगली जनावरका रक्षार्थ स्थापना गरिएको आरक्ष मानववस्तीका लागि खतराको सूचक पनि रहेको भएपनि सरकारले यस समस्याप्रति चासो देखाउन सकिरहेको छैन । यही कारणले आरक्षका हिंसक जनावरको आक्रमणमा परेर कतिले ज्यानै गुमाईसकेका छन् । आरक्षको समस्यालाई चुनावी मुद्दा बनाउँदै त्यसको समाधान गर्ने भनेर निर्वाचनमा खडा हुने उम्मेदवारहरुले प्रतिबद्धता जनाउने त गरेका छन् । तर यिनै पीडित जनताको मतबाट जितेर गएपनि समस्या चाहीँ जस्ताको तस्तै छ । जनताको जीऊ धनको सुरक्षाको दायित्व पनि सरकारकै हो तर, कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका वस्तीमा बसोबास गर्दै आएका जनताको वर्षौदेखि निद्रा हराएपनि त्यसको समाधान नगरिनुलाई चाहीँ बिडम्वना नै भन्नु पर्दछ ।
आरक्ष पीडित जनताको समस्या समाधान नहुन्जेलसम्म त्यस आसपासका जनताले त्रासमै रहनु पर्ने बाँध्यताको अन्त्य हुन सक्दैन । जनताले चुनेर पठाएका जनप्रतिनिधि, राजनीतिक दल समेतले यस समस्याको समाधान तर्फ चासो लिएर सरकारलाई घचघच्याउन आवश्यक छ ।