• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा संचालित सात दिवसीय योगशिविर सम्पन्न

रुपनीमा संचालित सात दिवसीय योगशिविर सम्पन्न
नर्मदेव यादव 
रुपनी,२० चैत । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ कार्यालयद्वारा संचालित सातदिने योग शिविर सम्पन्न भएको छ ।  माँ रुपनी देवि योग ध्यान केन्द्र रुपनीका अध्यक्ष शिबनरायण यादवको अध्यक्षता  तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहका विच योग शिविर समापन गरिएको हो । 
 कार्यक्रममा  प्रमुख अतिथि अध्यक्ष यादव, विशिष्ट अतिथी जिल्ला समन्वय समितीका उपसभापति शम्भु कुमार यादव,फुलदेव यादव,पुर्व  वडा अध्यक्ष पिताम्बर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
कार्यक्रममा रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव,वडा नम्बर १ की  वडा अध्यक्ष लिला यादव,सदस्यहरु बविता साह,अनारदेवी पासवान, सचिव गिरधर मेहता,योग प्रशिक्षकहरु रामस्वरुप चौधरी,शान्ती देवि चौधरी,सुवेश दास,शंकर चौधरी,दुर्गानन्द चौधरी,सन्जिव अग्रवाल ,योग समितीका,रामसेवक साह,गजेन्द्र भगत,जलेश्वरी देवि यादव,घनश्याम यादव,बिभा देवि साह,रणबिर साह लगायतका उपस्थिति रहेको थियो । 
कार्यक्रमको सन्चालन उपेन्द्र प्रसाद चौधरीले गरेको थियो।