• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पुर्वाधार विकास कार्यालय सप्तरीका कर्मचारीहरु आन्दोलित

पुर्वाधार विकास कार्यालय सप्तरीका कर्मचारीहरु आन्दोलित
न्यूज टुडे 
राजविराज, १९ चैत । 
पुर्वाधार विकास कार्यालय सप्तरीका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य एवम् जनमत पार्टीका नेता महेश प्रसाद यादवलाई कडा कारबाहीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 
पुर्वाधार विकास कार्यालय सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय प्रमुख प्रविण प्रताप अधिकारीमाथि हातपात तथा दुर्व्यवहार गर्ने यादवमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेको छ । 
यादवमाथि कारबाही नहुन्जेलसम्म कार्यालयका सम्पुर्ण कर्मचारीहरु पेन्डाउन गरि सम्पुर्ण कामकाज बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 
कार्यालय प्रमुख सि.डि.ई.अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा  माग पूरा नहुन्जेलसम्म सम्पुर्ण कर्मचारीहरु हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गर्ने र कार्यालयको सम्पुर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको छ । 
मधेश प्रदेशका पुर्व शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका यादवले जनमत पार्टीकै प्रदेशसभा सदस्य सकिल मियाँ र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र कुमार माझीसंग विभिन्न योजनाको छ्लफल गरिरहँदा एक्कसी आएर कार्यालय प्रमुखमाथी आक्रमण गरेको भन्दै उक्त घटनाको विज्ञप्तिमा घोर निन्दा समेत गरेको छ । 
छलफलको क्रममा प्रदेशसभा सदस्य मियाँले समेत  पटकपटक टेबुल ठोकेर धम्कीपुर्व प्रवृत्ति देखाएकोले कार्यालयमा स्वतन्त्रपुर्वक काम गर्ने बाताबरण नभएकोले शान्ति सुरक्षाको व्यवस्था नभएसम्म कामकाज बन्द गर्ने पुर्वाधार विकास कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।  “विरोधका कार्यक्रमबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ” कार्यालय प्रमुख अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
आइतबार पुर्व मन्त्री यादव र ऊनीसंगै आएका धिरेन्द्र यादवले कार्यालय प्रमुख अधिकारीमाथि गाली गलौज गर्दै हातपात गरि दुर्व्यवहार गरेका थिए ।  यस अधिसमेत यादवले सोही कार्यालयका प्रमुखमाथि हातपात गरेको थिए ।