• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जंगली अर्नाको समुहद्वारा केरा बगानमा क्षति

जंगली अर्नाको समुहद्वारा केरा बगानमा क्षति
न्यूज टुडे
राजविराज, १९ चैत । 
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली अर्नाको समुहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवाका किसानहरूले लगाएको केरा बगानमा क्षति गरेको छ । स्थानीय बचेन्द्र यादव र राजेश्वर यादवले लगाएको केरा बगानमा आइतबार राती अर्नाको समुहले क्षति गरेको हो  ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट दर्जनौंको संख्यामा आएको जंगली अर्नाको समुहले केरा बगानमा पसेर खाएर र कुल्चेर लाखौंको क्षती पुर्‍याएको पीडित किसानहरूले बताए । 
अर्नाले केराको घरी र थमलाईलाई ढालेर कुल्चिनुकोसाथै खाएर ५ लाखभन्दा बढीको केरा नष्ट गरेको पीडित किसान बचेन्द्र यादवले जानकारी दिए । दिनभरी आरक्ष बस्ने र साँझ पर्नसाथ केरा बगानमा आएर चर्ने गरेको स्थानीय किसानहरु बताउँछन् ।