• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

ईटहर्वा बजार सीतापुर कलौनीको सार्वजनिक जग्गा बिक्रीमा गाउँपालिका अध्यक्ष लागेको आरोपका साथ सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिकामा फेरि आन्दोलन सुरु भएको छ ।
अध्यक्ष भू–माफियासित साँठगाँठ गरी रोक्का राखेको जग्गा फुकुवा सिफारिस गरी व्यक्तिको नाममा रजिष्ट्रेशन गर्न  सहयोग पु¥याएको भन्दै त्यसका विरुद्ध गठित संघर्ष समितिले बुधबार गाउँपालिका अगाडि मशाल जुलुस प्रदर्शन गरेका छन् । यस अघि पनि १८ दिन सम्म आन्दोलन भएपछि रोक्का जग्गालाई फुकुवाका लागि गरिएको सिफारिसलाई रोक्का नै राख्ने सहित भएको चार बुँदै सम्झौताको कार्यान्वयन नभएको कारण पुनः आन्दोलनमा उत्रनु परेको आन्दोलनकारीहरुको भनाई छ । यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा गठित जिल्लास्तरीय छानविन समितिको प्रतिवेदनका बारेमा समेत कुनै छलफलै नगरी मालपोत कार्यालयले बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गरिदिएको संघर्ष समितिका सचिव तथा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले आरोप लगाएका छन् । यसरी व्यक्तिका नाममा गरिएको जग्गा फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीले जानकारी दिएका छन् । सार्वजनिक जग्गालाई व्यक्तिका नाममा बेचबिखन गरिएको हो भने त्यसलाई सरासर गैरकानूनी मान्नु पर्ने हुन्छ । त्यसमाथि आफ्नो क्षेत्र भित्रको सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी स्थानीय तहलाई नै दिईएको छ ।
आन्दोलनकारहिरुले आरोप लगाएजस्तै इटहर्वा बजार सीतापुर कलौनीको सार्वजनिक जग्गा व्यक्तिलाई बिक्री गर्ने काममा गाउँपालिका अधयक्षकै संलगनता रहेको हो भने त्यसलाई ‘रक्षक नै भक्षक’ भएको भन्दा अन्यथा नहोला । यस अघि फुकुवा गर्ने भनिएको जग्गालाई रोक्का नै राख्ने भनी गरिएको सहमति किन कार्यान्वयन भएन? कार्यान्वयन नै गर्नु थिएन भने त्यस्तो सहमति नै किन गरियो? जनताले यसको जवाफ पाउनै पर्ने हुन्छ ।