राजविराज नगरलाई हरित शहरका रुपमा विकसित गर्दै लैजाने प्रयास पटक–पटक नभएको होईन । पूर्व राज्यमन्त्री अनिस अन्सारीले नगरको मेनरोड छेउ छेउमा विभिन्न जातका विरुवा रोप्दै तीन दशक अघि नै यो प्रयास गरेका थिए ।
उनको पालामा रोपिएका विरुवामध्ये केही हुर्किए पनि अधिकांश सकेर समाप्त भएर हुर्केका विरुवाको अस्तित्व नगरका मेनरोडमा अहिले पनि देख्न सकिन्छ । त्यसपछि पनि नगरका सडक छेउमा विरुवा रोप्ने र नगरलाई हरित तुल्याउने कार्यक्रम गरिएकै हो । कर्मचारीको नेतृत्वमै केही समय स्थानीय तहहरुको सञ्चालनका समयमा राजविराज नगरपालिकाका तत्कालीन प्रमुख र हाल पनि सोही नपाका प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत विष्णुप्रसाद गुरुङ्गले वृक्षरोपण र घेरबेर गराएका थिए । यसका साथै फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा कण्टेनरको जडान समेत गरिएको थियो । तर त्यतिबेला रोपिएका सबै जसो विरुवा संरक्षण अभावका कारण हुर्किन पाएनन् । कण्टेनर कवाडीमा पुगेर अस्तित्व नै लोप भएको जग जाहेर छ । राजविराजलाई हरित तुल्याउनु पर्ने आवश्यकता यस कारणले पनि छ, किनभने सडक विस्तारका क्रममा यहाँका पुराना र ठूला ठूला रुखहरु समेत काटिएका छन् । उदाहरणकै रुपमा हेर्दा उच्च अदालत र वन कार्यालय बीच सडक छेउको चौतारो र रुख तथा पश्चिम बस स्टेण्डको ठूलो रुख सडक चौडा पार्ने क्रममा काटिएको छ । हरिनन्देश्वर महादेव मन्दिर अगाडिको पुरानो आँपको रुख यस अघि नै काटिएकै हो । यसरी पुराना र ठूला रुख काटिएको, नयाँ वृक्षरोपण गरेर पनि संरक्षण नभएका कारणले हरित अभियानका क्रममा भएको लगानी उति साह्रै उपलब्धिमूलक बन्न नसकिरहेको तीतो यथार्थ छ । आवश्यकता राजविराजलाई हरित मात्र बनाउने नभई फोहरमुक्त तुल्याउने विषयमा पनि छ । खुला दिसा मुक्त घोषणा गरेको वर्षौै वितिसकेको छ । तर राजविराजमा खुला सौचको क्रम नियन्त्रण भन्दा पनि बढ्दो अवस्थामा छ । नगरपालिकाले बनाएका कतिपय सौचालय प्रयोग गर्न सकिने अवस्थामा छैनन् । गल्ली नाला संचालनका रुपमा दुगन्धित बन्न पुगेका छन् । राजरंगशालाको हालत पनि यस्तै छ । फोहोर र प्रदूषण मात्र होईन ध्वनि प्रदूषणको मार पनि उत्तिकै छ । विवाह, ब्रतबन्ध या अनय अवसरमा अत्यधिक चर्को आवाजमा बजाईने डिजे साउण्डका कारण ध्वनिप्रदूषणको मार खेप्न नगरवासी बाँध्य छन् ।
विभिन्न धार्मिक कामका क्रममा दिनरात बजाइने चर्को माइकका कारणले धेरैको निद्रा विगारेको छ । धार्मिक नवनियुक्त वनमन्त्री नवलकिशोर साहले दुइ दिन अघि एक कार्यक्रममा बोल्दै राजविराजलाई हरित शाखाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । उनको यस सफा तुल्याउने अभियान पनि आउन सके सुनमा सुगन्ध भै हुने अपेक्षा लन सकिने छ।