• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चाँदनी बजारमा आगलागी, लाखौंको क्षति
न्यूज टुडे 
राजविराज, १२ फागुन । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा आगलागी भएको छ । स्थानीय मन्जित खलिफाले संचालन गरेको भैंसी फार्ममा आगलागी हुँदा लाखौंको क्षति भएको हो । 
भैंसी फार्ममा आगलागी भइरहेको दृश्य । फोटो : न्यूज टुडे
आगलागीमा खलिफाले संचालन गरेको दुइटा भैंसी फार्म पुर्ण रुपले जलेर नष्ट भएको छ । आगोमा परि फर्मभित्र राखिएको भैसीलाई खुवाउने दाना, परालको टाल र फार्म प्रयोग हुने सामग्री सहित १० लाखभन्दा बढीको सामान जलेर क्षती भएको पीडितले बताए । 
भैंसी चराउन बाहिर लगेको समयमा आगलागी भएकोले पशु चौपाया आगोबाट बाँचेको उनले जानकारी दिए । 
आगो कन्चनरुप नगरपालिकाबाट आएको बारुण यन्त्रको सहयोग लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएको स्थानीय सुर्यमान तामाङले जानकारी दिए । 
आगो पुर्ण रुपमा नियन्त्रणमा आइसकेको तथा क्षतिको विवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।