• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अख्तियारको टोली राजविराजमा, विभिन्न योजनाको अनुगमन

अख्तियारको टोली राजविराजमा, विभिन्न योजनाको अनुगमन
न्यूज टुडे
राजविराज, ८ फागुन । 
राजविराज नगरपालिकामा भएको अनियमितता बारे छानबिन गर्न अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोली खटिएका छन् । विभिन्न उपभोक्ता समिति मार्फत भएको काममा चरम भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियरको टोलीले छानबिन सुरु गरेका हुन् ।
राजविराज नगरपालिकामा विभिन्न उपभोक्ता मार्फत गरिएको १६ करोड बजेटको योजनामा जनप्रतिनिधि र कर्मचारीसंगको मिलोमतोमा भ्रष्टाचार गरेको उजुरी परेपछि छानबिनका लागि अख्तियारको टोली खटिएको जनाइएको छ । 
टोलीले मंगलबार राजविराज नगरपालिका ४ र ९ नम्बर वडामा आर्थिक बर्ष २०७९/०८० मा संचालित योजनाहरुको अनुगमन गरेको श्रोतले बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोली राजविराजमै बसेर वडा नम्बर २ र  ८ सहित अन्य स्थानमा संचालित योजना बारे छानबिन गर्ने बताइएको छ । 
राजविराज नगरपालिकामा आर्थिक बर्ष २०७९/०८० मा संचालित पुर्वाधार विकासका योजनामा उपभोक्तासमितिले जनप्रतिनिधि,कर्मचारीसंग मिलेर १६ करोडको काममा कमसल,गुणस्तरहिन निर्माण सामाग्री प्रयोग  गरि तथा कामै नगरी करोडौं अनियमितता गरेको श्रोतको दाबी छ ।