न्यूज टुडे
राजविराज, ३ फागुन ।
सप्तरीको राजगढ गाउँपालिकामा करार कर्मचारी नियुक्तिमा व्यपाक चलखेल गरिएको स्थानीयबासीले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डल र प्रविधिक सहायक रामविलास यादवले आफ्ना परिवारका सदस्य तथा नातागोतालाई कर्मचारी नियुक्त गरेको स्थानीयहरुले अरोप लगाएका हुन् ।
गाउँपालिका अध्यक्ष मण्डलको साली भगवती मण्डल पोषण स्वयंसेवक र गाउँपालिकामा कार्यरत प्राविधिक सहायक यादवको छोरा मिथिलेश कुमार यादव कृषि स्नातक प्रविधिक नियुक्त भएको राजगढ गाउँपालिकाका चित्तरन्जन यादवले जानकारी दिए ।
आफान्तलाई कर्मचारी नियुक्त गर्न गाउँपालिका अध्यक्ष मण्डलले करार कर्मचारी नियुक्ति प्रक्रिया विपरीत विज्ञापानलाई पारदर्शी नगरेको उनले आरोप लगाए ।
आफान्तलाई कर्मचारी नियुक्त गर्न केही कर्मचारीसंगको मिलोमतोमा अध्यक्ष मण्डलले कर्मचारी नियुक्ति प्रक्रिया विपरीत गोप्य सूचना निकालेको स्थानीयले आरोप लगाएका छन् । गाउँपालिकाले विभिन्न ३ पदमा ७ जना कर्मचारी नियुक्त गरेको जानकारी दिदै उनीहरुले कर्मचारी नियुक्तको सूचना कुनैपनि पत्रपत्रिकाका प्रकाशित नगरी पालिकाको वेबसाईटमा मात्र सूचना निकालेको आरोप लगाए ।
अध्यक्ष मण्डल र कृषि प्राविधिकले आफ्ना आफान्त तथा आसेपासेहरुलाई सबैपदमा नियुक्त गर्न सेटिङ मिलाएर परिक्षा लिएको तथा सोही अनुसार अन्तिम नतिजा प्रकाशित गरेको स्थानीयहरुको भनाइ छ ।
गाउँपालिका अध्यक्ष मण्डलले कर्मचारीको प्रभावमा परि राम्रा भन्दा हाम्रालाई कर्मचारी नियुक्त गरेको चित्तरन्जनले आरोप लगाए । अध्यक्ष मण्डलले विधि प्रक्रियालाई नै उल्लंघन गरि आफ्ना नातागोता र आसेपासेलाई कर्मचारी नियुक्त गरेको उनले जानकारी दिए ।
उनका अनुसार कृषि स्तानक प्राविधिकमा १ जनाको कोटामा ६ जना, पोषण स्वयंसेवकमा १ जना कोटामा ९ जना र अनिमी ५ जनाको कोटामा ३१ जनाको निवेदन परेको थियो । ती मध्ये सेटिङमा अध्यक्ष र कर्मचारीको आफन्तहरु अधिकाँश नियुक्त गरिएको यादवले बताए ।
विज्ञापन प्रणाली पारदर्शी नगरी स्वच्छ प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त नगरिंदा यसबाट योग्य कर्मचारी पालिकाले नपाएको उनको दावी छ ।
राजगढ गाउँपालिकाको पदपूर्ति समितिले फागुन १ गते कर्मचारी नियुक्ति परिक्षाको अन्तिम नतिजा प्रकाशित गरेका थिए ।
यस अधि समेत कर्मचारी नियुक्तमा व्यापक चलखेल भएको आरोप लगाउँदै स्थानीयले स्वच्छ प्रतिस्पर्धाबाट कर्मचारी छ्नौट हुनेमा शंका व्यक्त गरेका थिए ।