• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मावि नकटी रायपुरद्वारा दर्जनौं व्यक्ति सम्मानित

मावि नकटी रायपुरद्वारा दर्जनौं व्यक्ति सम्मानित
नर्मदेव यादव
रुपनी, २ फागुन । 
सप्तरीको रुपनी गाउँपालिका १ मा अवस्थित कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटी रायपुरद्वारा दर्जनौं व्यक्ति सम्मानित भएका छन् । सरस्वती पुजाको अवसरमा बुधबार आयोजित एक समारोहका विच उनीहरु सम्मानित भएका हुन् । 
 सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बलराम यादव,प्रभु यादव, युगेश्वर यादव, सेवा निबृत्त प्रधानाध्यापक भागवत यादव, शिक्षकहरु राम प्रसाद चौधरी, ,सर्ब नारायण यादव, हरि नारायण यादव फुलेश्वर मण्डल, पुर्व न्यायाधीश रामचन्द्र यादव,प्राध्यापक शिव नारायण यादव, शिक्षकहरु  बिष्णु देव यादव,भोला प्रसाद यादव,शुभ नारायण यादव फुलदेव यादव रहेका छन् । 
उनीहरुलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव,  प्रदेशसभा सदस्य एवम् पुर्व शिक्षा मन्त्री  महेश प्रसाद यादव, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरले दोसल्ला र सम्मान-पत्रद्वारा सम्मन गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा , प्रमुख अतिथी क्षेत्र  नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, जिल्ला समन्वय समिति सप्तरीका उपप्रामुख शम्भु कुमार यादव, गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव, वडा नम्बर १की अध्यक्ष लिला यादवसमेतकालाई दोसल्ला तथा कदर-पत्रबाट सम्मान गरिएको थियो । 
कार्यक्रमको संचालन प्रधानाध्यापक परशुराम यादवले गरेका थिए । 
सरस्वती पुजाको अवसरमा मावि नकटी रायपुरद्वारा आयोजित कार्यक्रममा मन्चासिन अतिथिगणहरु । फोटो :न्यूज टुडे