• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा गोरु काटेको आरोपमा ३ जना पक्राउ

सप्तरीमा गोरु काटेको आरोपमा ३ जना पक्राउ
न्यूज टुडे
राजविराज, २ फागुन । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ बाट गोरु काटेको आरोपमा बुधबार तीन जना पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ का अन्दाजी ४० बर्षिय जप्रुल मन्सुरी, ३५ बर्षिय कैयुजुम मन्सुरी र २५ बर्षिय मो.सम्साद पक्राउ परेका हुन् ।
स्थानीय तेज नारायण सिपलियाको गोरु हराएपछी खोजतलास गर्दा उनीहरुले काटेर खाएको स्वीकार गरेपछि तीन नै जनालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का वडा अध्यक्ष अजय यादवले बताए । 
पक्राउ परेका तिनैजनालाई इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा राखी अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यले बताए । 
“गोरु काटेको भन्ने कुरा सुनिएको छ, तर अनुसन्धानपछि मात्र थप कुरा भन्न सकिन्छ, एसपी बज्राचार्यले भने, घटाना स्थलमा टोलि परिचालन गरि अनुसन्धान भइरहेको छ । “
पक्राउ परेका तिनैजना यसअघिपनि चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएको वडा अध्यक्ष यादवले जानकारी दिए । गाई, गोरु ,भैसी, खसी लगायतका चौपाया चोर्ने, काटेर खाने तथा जिउँदै बेचविखन गर्ने कार्यमा उनीहरु संलग्न रहने गरेको  वडा अध्यक्ष यादवले बताए  ।