• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नगरपालिकाको निर्णय विरुद्ध उच्च अदालतमा उत्प्रेसनको रिट दायर

नगरपालिकाको निर्णय विरुद्ध उच्च अदालतमा उत्प्रेसनको रिट दायर
न्यूज टुडे
राजविराज, १ फागुन । 
राजविराज नगरपालिकाको निर्णय विरुद्ध उच्च अदालत जनकपुर- राजविराजमा रिट दायर भएका छन् । कानुन विपरीत मन्त्रालय पठाउने पत्र दिएको दावी गर्दै बदरको माग राखि प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले रिट दायर गरेका हुन् । 
आफुलाई नगरपालिकाले आफ्नो क्षेत्र अधिकार नाघेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरि पत्र थमाएपछि सोको विरुद्धमा उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट दायर गरेको गुरुङले बताए । 
नगरपालिकाको निर्णय कानुन बिपरित रहेको विरुद्ध उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेसनको रिट दायर गरेको उनले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले नगरपालिकामा कार्यरत ४ जना कर्मचारीलाई कार्यपालिकाको बहुमतले हटाउने निर्णय भएको तर कार्यवाहक नगरप्रमुख इसरत परविन नहटाउने पक्षमा जाँदा त्यसको चेपुवामा आफू परेको बताएका छन् ।
“चारवटा कर्मचारीलाई कार्यपालिकाको बहुमतले हटाउन चाहेको तर, कार्यवाहक नगर प्रमुखले राख्नुपपर्छ भन्यो, उनले भने, पछि यी दुवै पक्ष मिलेर मलाई नै फिर्ता पठाउने निर्णय गर्यो ।”
नगरपालिकाको निर्णय विरुद्ध उत्प्रेसनको मुद्दा दर्ता गराईएको र भोली बुधबारको पेशी तोकिएको उनले जानकारी दिए ।
कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा २०८० माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले फिर्ता पठाउने निर्णय भएको गुरुङ्गको नाउँमा नगरपालिकाले लेखेको पत्रमा उल्लेख छ । 
माघ २२ गते लेखिएको पत्रमा फागुन १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता गरिएको व्यहोरा अनुरोध छ पत्रमा भनिएको छ । 
राजविराज नगरपालिकाकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गलाई फिर्ता पठाईएको बताइन् । उनले जनप्रतिनिधि र कर्मचारीहरुको बीचमा मतभेद गराएर राजनीति गर्न लागेकोले उनलाई फिर्ता पठाउने निर्णय गरिएको बताइन् ।