• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजका हाकिमको क्वाटरमा ताला
न्यूज टुडे
राजविराज, १ फागुन । 
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङको कार्यकक्ष र क्वाटरमा तलाबन्दी गरिएको छ। स्थानीय जनप्रतिनिधिहरुले मंगलबार गुरुङको कार्यकक्ष र क्वाटरमा तलाबन्दी गरिएको हो।
नगरपालिकाले फिर्ता पठाएका अधिकृत गुरुङले कार्यपालिकाको निर्णयविरुद्ध अदालतमा मुद्दा गरेकोले कार्यकक्ष र क्वाटरमा तालाबन्दी गरेको जनाइएको छ । 
समयमा काम नगर्ने, नगरपालिकामा राजनीति  गर्ने, कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व सिर्जना गरेपछि मन्त्रालय फिर्ता पठाइएको गुरुङ नगरपालिका विरुद्ध अदालत गएकाले तालाबन्दी गरेको नगर प्रवक्ता जयनारायण मण्डलले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत गुरुङले क्वाटरमा तालाबन्दी गरेर आफ्नो मानव अधिकारको हनन भएको बताए। 
आफू साह्रै अन्यायमा परेकोले सहयोगका लागि मानवाधिकार आयोग, स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, संचारकर्मीहरुको साथै सरोकारवालाहरुलाई उनले आग्रह गरे । 
गुरुङ गत भदौ २५ गते राजविराज नगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर भएका थिए । 
गुरुङको आगमनसंगै राजविराज नगरपालिकाले गर्न नसकेको नगरसभा सम्पन्न गर्नुको साथै सरसफाइ लगायतका एकपछि अर्को जनपक्षीय कार्य गर्दै आएका थिए ।