• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सामुदायिक वनका पदाधिकारीको असुली धन्दा

सामुदायिक वनका पदाधिकारीको असुली धन्दा
न्यूज टुडे
राजविराज,  २९ माघ । 
सप्तरीको कंचनरुप नगरपालिका ६ र ७ मा अवस्थित निकुरी हात्तीलेढ सामुदायिक बनका पदाधिकारी नै उपभोक्ताहरुबाट रकम असुलीमा संलग्न रहेने गरेको रहस्य सार्वजनिक भएको छ । वन कर्मचारीसंंगको मिलोमतोमा साइकल तथा काठ नियन्त्रणमा लिइ व्यक्तिगत लाभलिएर  छोड्ने गरेपछि सामुदायिक वनका पदाधिकारीले अबैध असुली गरेको कुरा बाहिरीको हो ।
सव डिभिजन वन कार्यालय कंचनपुर सप्तरी । फोटो: न्यूज टुडे
सामुदायिक बनका कोषाध्यक्ष रामेश्वर मेहताले नै विचौलियाको काम गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् । 
सव डिभिजन वन कार्यालय कंचनपुरले दाउरा लिएर दक्षिणतर्फ जादै गरेको ११ वटा साइकल सामुदायिक वनलाई जिम्मा लगाएको साइकलबाट प्रति साईकल ५ सयको दरले असुल गरि नगदी रसीद समेत नदिएको एक साइकल धनीले बताए । 
“हामीलाई सामुदायिक वनले नै दाउरा ल्याउने पुर्जी उपलब्ध गरेअनुसार दाउरा लिन वन गयौं, उनले भने, तर हामीले दाउरा लिएर आउँदै गर्दा गत माघ ९ गते सव डिभिजन वन कार्यालय कंचनपुरले साइकल नियन्त्रणमा लियो, एकसातापछि उक्त साइकल सामुदायिक वनले जिम्मा लिएर प्रति साइकल ५ सय लिएर मात्र छाडियो ।” 
सामुदायिक वनलाई पैसा तिरेको रसीद माग्दा दिन अस्विकार गरेको उनले  गुनासो गरे । 
सव डिभिजन वन कार्यालय कंचनपुरले कंचनरुप नगरपालिका ७ का दुर्गानन्द सरदार, देव कुमार सरदार, सत्यनारायण सरदार, देवु राम, मो. हाकिम, मो. ताहिर, मनिषा खातुन, मो. अब्दुललगायतका ११ जनाको साइकल सामुदायिक वनको जिम्मा लगाएको कोषाध्यक्ष महतोले स्वीकार गरे । प्रति साइकल ५ सयको दरले जरिवाना काटेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको उनले बताए । 
सामुदायिक वनले उपभोक्ताहरुका लागि वन प्रवेश गर्न पुर्जी वितरण गरिएपनि साईकल वन भित्र लान अनुमती नभएकोले वन कर्मचारीहरुले साईकलसहित दाउरा नियन्त्रणमा लिएको उनले जानकारी दिए । 
उपभोक्ता समितिले रु ५ सय देखि ५ हजारसम्म जरिवाना लिने अधिकार भएपनि न्युनतम जरिवाना गरि साइकल छोडिएको उनले बताए । 
अबैध रुपमा असुल गरिएको रकम खोजी भएपछि साईकल फिर्ता दिएवापत असुल गरिएको रकमको रसीद सोमबार काट्न कोषाध्यक्ष महतोले सेटिङ मिलाउन खोजेको समुहका एक पदाधिकारीले जानकारी दिए । 
उपभोक्ता समितिमा कुरा नमिलेपछि उक्त साइकल बापत लिएको रकम सोमबार बैंक दाखिला गरि भौचर लिएको  उनले दावी गरे । 
यस बारे सव डिभिजन वन कार्यालय कंचनपुरका रेन्जर सन्तोष यादवसंग बुझ्दा वन कार्यालयले नियन्त्रणमा लिएको साइकल वन उपभोक्ता समितिलाई जिम्मा लगाएको बताए । आफुले कुनै शुल्क नलिइ साइकल जिम्मा लगाएको बताउँदै उनले उपभोक्ता समुहले गरेको जरिवाना बारे आफुलाई कुनै जानकारी नभएको वताए ।
यस अघि काठ तस्करहरुबाट नियन्त्रणमा लिएको ८ थान  चिरान काठ उपभोक्तसमितीसंग मिलेर रेन्जर यादव, फोलेस्टर रामशरण महतो र जमदार डम्बर खत्रीले विक्री गरेको स्थानीयले आरोप लगाएका थिए ।