• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सानाकिसान महुलीको ११ औ साधारणसभा सम्पन्न

सानाकिसान महुलीको ११ औ साधारणसभा सम्पन्न
न्यूज टुडे
राजविराज, २७ माघ । 
साना किसान  कृषि सहकारी संस्था लिमिटेड बकधुवा अग्नीसाईर कृष्णासवरन ६ महुलीको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष दुर्गानन्द चौधरीको अध्यक्षता तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अशोक आचार्यको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो । 
कार्यक्रममा प्रमुख अतिथि आचार्य, समाजसेवी भुवन आचार्य, सहकारीका पुर्व अध्यक्ष जुगेश्वर प्रसाद यादव,संस्थापक अध्यक्ष शैलेन्द्र सिंह, आदर्श दुग्ध विकास सहकारी संस्थाका पुर्व व्यवस्थापक प्रभुनाथ कोइराला, आदर्श मावि महुलीका अध्यक्ष दुर्गा भट्टराई, ठाकुरजी मित्र मिलन समाजका अध्यक्ष श्यामकान्त चौधरी, रुपनी सानाकिसानका व्यवस्थापक धनश्याम यादव, दिपा दाहल, अभिनन्द यादव, गोविन्द प्रसाद मण्डर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
कार्यक्रमको संचालन सहकारी संस्थाका व्यवस्थापक अर्जुन कोइरालाले गरेका थिए । 
बार्षिक साधारणसभामा प्रस्तुत आर्थिक बर्ष २०७९/०८० आयव्यय तथा आव २०८०/०८१ का लागि प्रस्तावित नीति बजेत तथा कार्यक्रम पारित गरिएको संस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।