• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्वतन्त्र सांसदयादवसहित सयौं प्रभावशाली नेता जसपामा प्रवेश

स्वतन्त्र सांसदयादवसहित सयौं प्रभावशाली नेता जसपामा प्रवेश

न्यूज टुडे

राजविराज २७, माघ ।
सप्तरी निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्व प्रसादसिंह यादवसहित सयौंको संख्या प्रभावशाली नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  जसपा बोदेवर्साइन नगरपालिकाद्वारा  बोदेबर्साइनमा शनिबार  आयोजित  एक समारोहका विच साँसद यादवको नेतृत्व विभिन्न पार्टी परित्याग गरि  उनीहरु जसपामा प्रवेश गरेका हुन् । 
सांसद यादवसँगै सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेताहरु जसपामा प्रवेश गरेको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । 
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर स्वागत गरे।
पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए ।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ । यस अघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।
वृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली नेताकार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।