• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ल्होछार पर्वको अबसरमा धर्मिहल्फाद्वारा विपन्न परिवारलाई सहयोग 

ल्होछार पर्वको अबसरमा धर्मिहल्फाद्वारा विपन्न परिवारलाई सहयोग 
न्यूज टुडे
राजविराज, २७ माघ । 
तामाङ समुदायको साँस्कृतिक राष्ट्रिय पर्व २८६० औं सोनाम ल्होछारको अवसरमा धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा विपन्न तथा अशक्त परिवारलाई ब्ल्याकेट वितरण गरेको छ । 
नेपाल तामाङ घेदुङ सप्तरीद्वारा खडक नगरपालिका ७ मझौमा शनिबार आयोजित एक समारोहका विच ८ जनालाई क्लबद्वारा ब्ल्याङ्केट वितरण गरेको हो । 
समाजसेवी इन्जिनियर यादवद्वारा सहयोग ग्रहण गर्दै अशक्त नागरिक लाल बहादुर गोले । फोटो:न्यूज टुडे
कार्यक्रममा अशक्त लाल बहादुर गोले, अनिसा राई, जेष्ठ नागरिक जसमाया राई, दुधमाया तामाङ, मनमाया विक, मधुमाया विक, रत्नमाया तामाङ, सन्तोष तामाङलाई क्लबद्वारा १ थानको दरले ब्ल्याङ्केट वितरण गरेका छन् । 
कार्यक्रम मन्चासिन खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीसहित अतिथिगण । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर यादव, घेदुङका संघीय सदस्य भिम घिसिङ,आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव बृजमान तामाङ, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कार्यपालिका सदस्य श्रीकुमारी चौधरी, राजविराज नगरपालिका वड नम्बर ५ की  वडा सदस्य आशा कुमारी तामाङ, घेदुङ्का पुर्व केन्द्रिय सदस्य खड्ग बहादुर तामाङ, पुर्व जिल्ला अध्यक्ष सन्तमान गोलेले ब्ल्याङ्केट वितरण गरे ।