न्यूज टुडे
राजविराज, २६ माघ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा एक परिवारलाई खाद्यान्न तथा कर्कटपाता वितरण गरेको छ । आवास निर्माण कार्यक्रम अन्तर्गत अग्नीपीडित फुलोदेवी रामको परिवारलाई लघुवित्तद्वारा उक्त सामग्री सहयोग गरेको हो ।
लघुवित्तका हनुमाननगर शाखा प्रमुख सोहेल खानको अध्यक्षता तथा प्रदेशसभा सदस्य सकिल अलिको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका विच रामलाई खाद्यान्न तथा कर्कटपाता वितरण गरिएको थियो ।
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धिमान श्रेष्ठ, जीवन विकासका मधेस प्रदेश अधिकृत रामनारायण यादव, कर्मचारी बैधनाथ साह लगायतको उपस्थिति रहेको थियो ।
हनुमाननगर कंकालिनी नगरपालिका ५ का केन्द्र नम्बर ९२ की रामलाई १३ हजार बराबरको खाद्यान्न तथा कर्कटपाता वितरण गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था हनुमाननगर शाखाले जनाएको छ ।