• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अखिल क्रान्तिकारीको १७ औं जिल्ला सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारीको १७ औं जिल्ला सम्मेलन सम्पन्न
न्यूज टुडे
राजविराज, २५ माघ । 
नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सप्तरीको १७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । अखिल क्रान्तिकारी १७ औं जिल्ला सम्मेलन आयोजक समितिकी  संयोजक पुजा शर्माको अध्यक्षता तथा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेन्द्र सिको प्रमुख आतिथ्यमा राजविराजमा बिहिवार आयोजित एक समारोहका विच जिल्ला सम्मेलन सम्पन्न भएको हो । 
कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र,नेकपा विप्लवका सप्तरी जिल्ला इन्चार्ज रामनाथ सि, केन्द्रिय सदस्य एवम् जनकपुर ब्यूरो इन्चार्ज विक्रान्त सि, मनिस सि लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
आरती मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत नेकपा विप्लवका जिल्ला सेक्रेटरी होक्कान सिले गरे । 
उक्त सम्मेलनबाट पुजा शर्माको अध्यक्षता जिल्ला समिति गठन गरिएको जनाइएको छ ।