• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार तिवारीमाथि भएको आक्रमणको भर्त्सना

पत्रकार तिवारीमाथि भएको आक्रमणको भर्त्सना
न्यूज टुडे
राजविराज,२४ माघ । 
आम संचार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले पत्रकार कृष्ण तिवारीमाथि भएको आक्रमणको घटनाको भर्त्सना गरेको छ । आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार तिवारीमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
समाचार संकलनको क्रममा मध्यान्ह दैनिकका रौतहट समाचारदाता तिवारीमाथि मंगलबार कुटपिट भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ । 
“उखुको तौल मिल प्रशासनले घटाएको भन्दै किसानहरु प्रशासन विरुद्ध नारावाजी गर्दै गरेको दृश्य छायांकन गर्ने क्रममा मिल संचालक बैजु साहको इसारामा पत्रकार तिवारीमाथि गरिएको निर्घात कुटपिटप्रति घोर भर्त्सना गर्दछौं, अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कुनैपनि बहानामा पत्रकारमाथि आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिएको ठाडो हस्तक्षेप हो नै, मिल संचालनको हर्कतले कानुनी राज्यको समेत उपहास भएको छ ।”   
पत्रकारमाथि भएको आक्रमणले दण्डहीनताको पराकाष्ठा नाघेकाले उक्त घटनाका नाइके सहित संलग्न दोषीलाई पक्राउ गरि हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा घाईते पत्रकार तिवारीको सिघ्र स्वस्थ्य लाभको कामना समेत गरिएको छ । 
समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य समेत रहेका घाइते पत्रकार तिवारीको गरुडा स्थित हेल्थ ल्याण्ड अस्पतालमा प्रथामिक उपचार गरि थप उपचार वीरगन्ज भइरहेको छ । 
रौतहटको कटहरिया नगरपालिका ९ स्थित बाबा बैधनाथ सुगर एण्ड केमिकल प्रलिमा  मंगलबार उघुको तौल घटाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार तिवारीमाथि आक्रमण भएको थियो ।