• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजगढमा कर्मचारी नियुक्तिमा चलखेल गरेको आरोप

राजगढमा कर्मचारी नियुक्तिमा चलखेल गरेको आरोप
न्यूज टुडे
राजविराज, २२ माघ । 
सप्तरीको राजगढ गाउँपालिकामा भइरहेको कर्मचारी नियुक्तिमा व्यपाक चलखेल गरिएको स्थानीयबासीले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डल र कृषि प्रविधिक रामविलास यादवले आफ्ना नातागोतालाई कर्मचारी नियुक्त गर्न चलखेल गरेको स्थानीयहरुले अरोप लगाएका हुन् । 
आफान्तलाई कर्मचारी नियुक्त गर्न केही कर्मचारीसंगको मिलोमतोमा अध्यक्ष मण्डलले कर्मचारी नियुक्ति प्रक्रिया  विपरीत गोप्य सूचना निकालेको स्थानीय पशुपति यादवले आरोप लगाए । गाउँपालिकाले विभिन्न ३ पदमा ७ जना कर्मचारी नियुक्त गर्न खोजेको बताउदै उनले कर्मचारी नियुक्तको सूचना कुनैपनि पत्रपत्रिकाका प्रकाशित नगरी पालिकाको वेबसाईटमा मात्र सूचना निकालेको जानकारी दिए ।  
अध्यक्ष मण्डल र कृषि प्राविधिकले आफ्ना आफान्त तथा आसेपासेहरुलाई सबैपदमा नियुक्त गर्न सेटिङ मिलाएर परिक्षाको तयारी गरिरहेको उनले आरोप लगाए । 
राजगढ गाउँपालिका १ का मुकेश यादवले राम्रालाई भन्दा हाम्रालाई कर्मचारी नियुक्त गर्न गाउँपालिका अध्यक्ष नै लागि परेको आरोप लगाए । उनले विधि प्रक्रियालाई नै उल्लंघन गरि थालिएको कर्मचारी नियुक्त निष्पक्ष हुनेमा शंका व्यक्त गरे । 
उनका अनुसार कृषि स्तानक प्राविधिकमा १ जनाको कोटामा ६ जना, पोषण स्वयंसेवकमा १ जना कोटामा ९ जना र अनिमी ५ जनाको कोटामा ३१ जनाको निवेदन परेको छ ।
 ती मध्ये सेटिङमा अध्यक्ष र कर्मचारीको आफन्तहरु नियुक्त हुने सुनिश्चित गरि परिक्षाको नाटक गरेको उनको आरोप छ । 
यसबाट योग्य कर्मचारी नियुक्ति नहुने भएकोले परिक्षा प्रणालीलाई पारदर्शी बनाएर स्वच्छ प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नुपर्ने उनको भनाई छ । 
राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले  आफुमाथि लगाएको आरोप निरधार रहेको बताउदै परिक्षा पारदर्शी रुपमा हुने बताए । 
“पालिकामा यस्ता आरोपहरु धेरै लगाउँछन्, अहिले कर्मचारी नियुक्त त भइसकेको छैन नि , उनले भने,परिक्षामा पास गर्ने उम्मेदवारलाई नियुक्त गर्छौ, पालिकामा सिसि क्यामरा छ, यस्तो चलखेल केही हुन पाउँदैन ।”
उक्त कर्मचारी नियुक्तिको लागि मंगलबार लिखित परिक्षा लिइने अध्यक्ष मण्डलले जानकारी दिए ।