• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मिटर व्याज विरुद्धको न्याय मार्च सप्तरी पुग्यो

मिटर व्याज विरुद्धको न्याय मार्च सप्तरी पुग्यो
न्यूज टुडे
राजविराज, २१ माघ । 
मिटर व्याजी पीडितको समस्या समाधानको माग राखी झापाको मेचीदेखि निस्किएको मिटर व्याज विरुद्धको न्याय मार्च सप्तरी आइपुगेको छ । मिटर व्याज तथा ठगी विरुद्ध किसान- मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अबधेश कुशवाहाको नेतृत्वमा मेचीदेखि पैदलयात्रा सुरु गरेका मिटर व्याजी पीडितहरु आइतबार सप्तरी आइपुगेका हुन् । 
 तीन बर्षदेखी ६ बुँदे मागराखी सडक संघर्षमा हुँदा समेत सुनुवाइ नभएकोले मग पूरा गर्न राज्यलाई झकझक्याउन मेची- महाकाली पैदल यात्रा सुरु गरेको संघर्ष समितिकी केन्द्रिय सदस्य लक्ष्मी घिमिरेले बताइन् । 
” तिन बर्षदेखी ६ बुँदे माग राखी सडक संघर्षमा छौं, निरन्तरको संघर्षरत रहँदा पटकपटक सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका छन्, उनले भनिन्, राज्यलाई झकझक्याउन र ६ बुँदे माग पूरा गर्न पैदल यात्रामा छौँ । “
 यात्रा कठिनपुर्ण र जटिल छन्, यसको बाबजुद पनि  यात्रा सफल गरि छाड्ने बताउदै उनले यात्राको क्रममा बाटैमा मर्न तयार रहेको बताइन् । 
यात्राको क्रममा धेरै कठिनाईहरु आएका छन्, यात्रा जटिल भएपनि स्थानीहरुको साथ सहयोग पाएका छौँ, उनले भनिन् ,कतिपय दिदीबहिनीहरु बिरामी परेका छन्, यसका बाबजुद हामी काठमाडौ पुग्छौं, बाटैमा मर्न तयार छौं तर सिंहदरबारसम्म आवाज पुर्‍याउने अठोट लिएका छौं । ” 
न्यूज टुडेसंग कुरा गर्दै सरकार जनताको अभिभावक भएकोले माग पूरा गर्नेमा उनले विश्वास समेत व्यक्त गरिन ।
“सरकार जनताको अभिभावक हुन्, हामी सडकमा छौ, उहाँहरु सरकारमा छन् , उनले भनिन्, उनीहरुले हाम्रो माग पूरा गर्नुनै पर्छ, त्यसकै लागि हामी संघर्षरत छौ ।”
अनुचित लेनदेन आयोग साहुमुखी भएकोले त्यसलाई संशोधन गरेर पीडितको पक्षमा किसान मजदुरको पक्षमा कार्यविधि निर्माण गरि शक्तिशाली आयोग गठन गर्नुपर्ने, पिडितको सम्पत्ति हक हस्तान्तरण गर्नुपर्ने,घरसारको लेनदेन हुने फर्जी तमसुक जाली तमसुक, दृष्टिबन्धक छिनुवा पास, रजिष्टेशन पासलाई अबैध घोषणा गर्नुपर्ने, जतिपनी मिटर व्याजी पीडित कारागारमा रहेकाहरुको जरिवाना खारेज गरि निसर्त र  स-सम्मान रिहाई गर्नुपर्ने, मिटर व्याज पीडित आमाबुबा दिदिबहिनीहरु आत्मा हत्या गर्न बाध्य भएकाले मिटर व्याजको नाममा महिला हिंसा, पुरुषमाथि हिंसा, मानव अधिकार उलंघनका घटनाहरु, अन्याय, अत्याचार भइराखेकाले यी सबैबाट मुक्ति पाउनुपर्ने माग आफुहरुको रहेको उनले जानकारी गरिन । 
सुदरपश्चिम प्रदेशको कंचनपुर स्थित गड्डाचौकी र कोशी प्रदेशको झापा जिल्लाको मेची पुलबाट माघ १६ गते एकसाथ हिडेको पैदल यात्र काठमाडौ पुगेर समापन हुने संघर्ष समितिका केन्द्रियअध्यक्ष कुशवाहाले जानकारी दिए ।