न्यूज टुडे
राजविराज, २० माघ ।
बागेश्वरी सेवा समितिको अर्ध बार्षिक समिक्षा
गोष्ठी सम्पन्न भएको छ । बागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको अध्यक्षतामा शनिबार आयोजित एक समारोहका विच गोष्ठी सम्पन्न भएको हो ।
मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा सभापतिको आषणबाट बोल्दै अध्यक्ष देवले अल्पसंख्यक जातले स्वाभिमान भएर बाँच्न संगठित हुनुको विकल्प नभएको बताए ।
संगठनमा संगठित हुन सकेमात्र आत्मसम्मानले बाच्न सकिने भएको बताउदै उनले अधिकारका लागि एकतावध्द हुनु अहिलेको आवश्यकता भएकोले यस संस्था मार्फत गतिविधि अगाडि बढाई रहेको उल्लेख गरे ।
सबैको सहयोगमा संस्था निरन्तर अगाडि बढिरहेको बताउदै अध्यक्ष देवले अझै बढाउन व्यवस्थित रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उनले संस्थाको जरा बलियो भयो भने संस्थामा उतार चढाब आएपनि समस्या समाधान हुदै संस्था अगाडि बढ्दै जाने तर्फ गरे ।
अध्यक्ष देवले संस्थाको अल्पकालीन तथा दीर्घकालीन योजना समेत प्रस्तुत गर्दै यसवर्ष बागेश्वरी सेवा समितिले विभिन्न समिति गठन गरी गतिविधिहरू तिब्र गतिमा अगाडि बढाउन सम्पत्ति संरक्षण तथा प्रबर्द्धन,मन्दिर संरक्षण व्यवस्थापन,महिला विकास विभाग,शिक्षा विभाग,स्वजाति संरक्षण,जाति जनगणना तथा युवा गरि ८ वटा उपसमिति गठन गर्ने योजना रहेको जानकारी दिए ।
यस वर्ष २१ जना आजिवन सदस्य,१२ जना संरक्षक सदस्य यस समितिमा आबद्ध भएको तथा ५१ जना आजिवन तथा २० जना संरक्षण सदस्य पुर्याउने लक्ष्य असार महिनासम्म रहेको अध्यक्ष देवद्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा राधेश्याम रमण,पूर्व शिक्षक मेदनारायण देव,अधिवक्ता राजेन्द्रप्रसाद देव,भिमशंकर देव,विनोद देव,किर्तिनारायण देव,दिनेश देव, योगेन्द्र देव,मीरा देव,भोगेन्द्र देव,चित्ररेखा देव,कल्पना देव, मदन देव, पत्रकार सुधा देव,निरज देव,अम्बिका देव,लगायतले आआफ्ना धारणा राखेका थिए ।