न्यूज टुडे
राजविराज, १९ माघ ।
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस समुदायको पीडा सम्बोधन गर्ने पार्टी भएको बताएका छन् ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत राजविराजमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले काँग्रेस समाजमा परिवर्तन ल्याउन,समुदायलाई परेको पीडा सम्बोन गर्ने जनताको पार्टी रहेको जिकिर गरे ।
उनले समुदायमा गएर जनताको समस्या बुझेर सम्बोधन गर्नका निम्ति मुलुकभरी अभियान संचालन गरेको बताए ।
नेपाली कांग्रेस प्रजातान्त्रिक र लोकतान्त्रिक मान्यता बोकेको पार्टी भएकोले काँधमा आएको जिम्मेवारी पुरा गर्न कांग्रेस लागि परेको उनले बताए । संविधानबाट प्राप्त अधिकार संस्थागत गर्न समेत यस अभियानबाट सहयोग पुग्ने सिंहले विश्वास व्यक्त गरे ।
नीति, ऎन कानुन बनाउने बेलामा कानुन बनाउन सरकारले काम गरिरहेकोले यो अभियानले कानुन बनाउन समेत सहयोग पुग्ने धारणा सिंहले राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले समुदायमा कांग्रेस अभियानबाट जनतालाई किन समस्या छ? हामी कहाँ चुकेका छौ? यश विषयमा नेपाल सरकार र नेपाली कांग्रेसलाई उत्तरदाायित्व बनाउनुपर्ने धारणा व्यक्त गरिन्।
उनले समुदायमा कांग्रेस अभियान अन्तर्गत कांग्रेसको
कमिकमजोरी सच्याएर सबै जना एकजुट भएर
पार्टीलाई १ नम्बर सशक्त पार्टी बनाउनुपर्नेमा जोड दिइन् ।
प्रतिष्ठाको लडाइँमा हार्न खोज्ने व्यक्तिको जीत हुने भएकोले झुकेर पार्टी बलियो हुन्छ भने त्यसको एक पाईला पछाडि सर्न सक्नुपर्ने उनले तर्क गरिन् ।
पार्टीले एउटा ठोस रणनीति लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो ।
नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा विकासको योजना,बेरोजगारी समस्या अन्त्यको एजेन्डा काँग्रेसले ल्याउँनुपर्ने सहभागीहरूले जोड दिए ।
कृषि क्षेत्रको तमाम समस्या अन्त्यको आवाज किसानसम्म पुग्न नसकेको बताउदै उनीहरूले सप्तरीमा सिंचाइ दिन सक्यो भने हामी प्रयाप्त अन्न उत्पादन गर्न सक्ने र मुलुकको अन्य ठाउँमा निर्यात गर्न सक्ने क्षमता रहेको बताए ।
निमुखालाई न्याय,विपन्नलाई आय नभएसम्म मुलुकले कोल्टे फेर्न नसक्ने बताउँदै कांग्रेस भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्ने सहभागीको भनाइ रहेको थियोे ।
भ्रष्टाचार मुक्त अभियान कांग्रेसको प्रमुख एजेन्डा हुनुपर्ने तर्क दिदै सहभागीहरूले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न सकियो भने हरेक क्षेत्रको विकास हुन्छ र जनताले सहजता महसुस गर्ने उनीहरुको सुझाव थियो ।
समुदायमा कांग्रेस अभियान कार्यक्रमको सातौं दिन
विमला कार्की,विन्दु यादव,सरोज यादव,मोहन बस्नेत लगायत एक दर्जन केन्द्रीय र प्रदेशका नेपाहरूको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रामकुमार यादवले गरेका थिए ।