झा हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित कोशी बाँधछेउमा हरिणको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जंगली जनावरको सिकार गरिरहेका झालाई हतियारसहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डुण्डिराज नेउपानेले बताए।
झाको साथबाट २२ बोर मेगनम(राईफल) थान १, यसमा लाग्ने गोली थान ४१, म्याग्जिन थान २, गन स्टेन थान -१, क्यामेरा थान-१, पावर बैंक थान- १, मोवाईल थान १, लाईट थान-१ र दुई वटा बोरामा काटिएको अबस्थाको बन्यजन्तु मृगको जस्तो देखिने मासु ३५ के.जी. फेला परेको उनले जानकारी दिए ।
झाले सिकार गरेका दुई जंगली जनावरको मासुसमेत प्रहरीले नियन्त्रणमा लिइएको छ। दुई वटा हरिणको मासुसहित पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।
झालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय राजविराज सप्तरी पठाईएको उनले जानकारी दिए ।