• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनताको अपेक्षा अझै पूरा भएको छैन: थापा 

जनताको अपेक्षा अझै पूरा भएको छैन: थापा 
न्यूज टुडे
राजविराज, १५ माघ । 
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले
मुलुकमा शासन व्यवस्था परिवर्तन भएपनि जनताको अपेक्षा अझै पूरा  भई नसकेको बताएका छन् । समुदायमा कांग्रेस अभियन अन्तर्गतको संवाद यात्रामा सप्तरीको राजविराजमा सोमबार पत्रकारहरूसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 
महामन्त्री थापालाई स्वागत गर्दै काँग्रेस नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
 थापाले बर्तमान संविधान कार्यान्वयनको चरणमा रहेकोले संविधानलाई जोगाउन एकदमै आवश्यक रहेको बताए । 
सुशासनको मुद्दा सबैभन्दा ठूलो रहेको जिकिर गर्दै उनले  सुशासनले भ्रष्टाचार रहित अवस्था मात्र नभएर श्रोत साधनको सहि सदुपयोग,सहि समयमा सहि निर्णय लिन सक्नु, जुन कुरामा ध्यान पुग्नुपर्ने हो त्यसमा ध्यान पुग्नु रहेको बताए ।
 “सुशासन भयो भने मुलुकलाई कोल्टे फेर्न समय लाग्दैन्, उनले भने, भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गर्दै संविधानको रक्षा गर्नु आजको आजको आबश्यकता हो। ” 
दुखि जनताको दुःख हरण गर्ने काम नेपाली कांग्रेसको भएकोले जनतालाई प्रत्यक्ष भेटेर उनीहरूको समस्या बुझ्न समुदायमा आएको उनले बताए । 
महामन्त्री थापाले सत्ताको पक्षमा बसेर जनताको काम गर्ने बेला आएको बताए । उनले चार वर्ष भित्र जनताको भएभरको समस्या समाधान गर्नु काँग्रेसको दायित्व भएको बताए । 
 सरकार कांग्रेसले चलाएकोले जनताको तमाम समस्या अन्त्य गर्ने मुख्य दायित्व पनि कांग्रेसको रहेको महामन्त्री थापाको भनाई रहेको छ । 
“मुलुकमा यो व्यवस्था आउन जनताले जे पाउँछु भन्ने सोचेका थिए, त्यो पाउन नसकेको बताउँदै उनले भने,´गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार समेत पाउन नसकेकोले समस्या समाधानका लागि समुदायमा हामी आएका हौ । “
उनले सबै समस्या बुझेर तत्काल समस्या समाधानका लागि काम थाल्ने प्रतिबद्धता व्यक्त गरे  ।
 छिन्नमस्ता मन्दिर पर्यटन सम्भावना भएको मन्दिर भएकोले संघीय सरकारले खर्च गर्ने वजेटमा २०/२५  करोड खर्च गर्यो भने यसले ठूलो संख्यामा पर्यटक तान्छ र यसबाट आर्थिक फड्को मार्न सहयोग पुग्ने उनले तर्क गरे । 
गजेन्द्रनारायण नारायण सिंह अस्पतालको विषयमा शहरी र अर्थ मन्त्रालयले अस्पतालको भवनमा तादरूकता देखाएर भवन हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । पुर्वधारको तयारीसंगै तीन सय बेडको अस्पताल संचालनमा आउँछ र एम.वि.वि.एस संचालन गर्न सकिन्छ यो सबैकाम एक वर्षमा गर्न सकिने उनको भनाइ रहेको छ ।
उक्त अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य 
 लक्ष्मी खतिवडा, प्रतिनिधिसभा सदस्य दिनेश यादव
तेजुलाल चौधरी लगायत रहेका छन् ।