• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

साँसद यादवद्वारा विकासीय योजनाहरुको निरीक्षण

साँसद यादवद्वारा विकासीय योजनाहरुको निरीक्षण
नर्मदेव यादव
रुपनी, १३ माघ । 
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ३बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले रुपनी गाउँपालिका अन्तर्गतका विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।पालिकाको विभिन्न वडाहरुमा संचालित योजनाहरुको शनिवार स्थलगत निरीक्षण गर्दै विकासको अवस्थाबारे साँसद यादवले जानकारी लिएका हुन् । 
 उनले रुपनी गाउँपालिका वडा नम्बर-२ को पिपराही लोवापार टोल र  वडा नम्बर -५ बसविट्टी मुसहरनियाँ लगायतको टोलहरुमा पुगेर विकासको अवस्था र समस्याको बारे जानकारी लिएका थिए । 
साँसद यादवले बिकासको काम के हुँदै छ ! के गर्नु पर्छ ? सडक गाउँको बाटोघाटोमा के कस्तो समस्या छ भन्दै चासो राखेका छन् ।  चुनावको समयमा गरेको प्रतिबद्धता अनुसार सिंचाइ, बाटोघाटो विधुतीकारणलगायतका स्थानीय समस्याहरु बुझ्न तथा समाधानका बाटो खोज्न अनुगमन गरेको साँसद यादवले बताए । गुनासो सुन्न र सम्बन्धित निकायसम्म पुर्‍याउन जनतासंग भेटघाट गरिएको उनले जानकारी दिए । 
साँसद यादवको साथमा रायपुर गाबिसका पुर्व उपाध्यक्ष हिरालाल मण्डल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य मुखिलाल यादव, रुपनी गाउँपालिकाका सभापती सुगम्बर यादव, रामानन्द यादव, रुपनी १ को सभापती अभिनन्दन यादव, मो. अरुप, शिबशंकर मण्डललगायतका नेताकार्यकर्ताहरु समेत रहेका थिए ।