• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा  दशदिने उद्यमशिलता तालिम
नर्मदेव यादव
रुपनी, २९ पुस ।
घरेलु तथा साना उधोग कार्यालय सप्तरीद्वारा सप्तरीको रुपनी गाउँपालिका १ रुपनीमा दशदिने उद्यमशिलता तालिम आयोजना गरेको छ । घरेलु तथा साना उधोग कार्यालय सप्तरीका अधिकृत सरोज कुमार खतिवडाको अध्यक्षतामा आयोजित तालिमको रुपनी गाउँपालिका १ की अध्यक्ष लिला यादवले आइतबार आयोजित एक समारोहका विच उद्घाटन गरेकी हुन् ।
बेरोजगार युवा तथा व्यवसायबाट पलायन भएकाहरूलाई प्रोत्साहन गरि उद्योमशिल बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
डिभिजन बन कार्यालय रुपनीको सभा हलमा संचालित  तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि यादव, पुर्व वडा अध्यक्ष पिताम्बर यादव, जिल्ला लघु उद्यमी समुह संघ सप्तरीका अध्यक्ष  मो. सरिफ राइन शम्भुनाथ डिभिजन बन कार्यालय रुपनी प्रमुख सचेन्द्र यादव पत्रकार नर्मदेव यादबलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
रुपनी गाउँपालिका वडा नम्बर  १ र ६ तथा शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का युवा तथा विभिन्न ब्यबसायी सहभागी तालिमको सहजकर्ता विरेन्द्र प्रसाद साह र भास्कर पाण्डे रहेका छन्  ।
दुबै पालिकाकाका महिला पुरुष गरि  १८ जना सहभागी तालिम पुस २९ गते देखि माघ ९ गते संचालन गरिने घरेलु तथा साना उधोग कार्यालय सप्तरीका अधिकृत खतिवडाले जानकारी दिए ।