• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जल उपभोक्ताको साधारणसभा सम्पन्न 
राजकुमार साह
कञ्चनपुर ,२७ पुस ।
सप्तरीको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाको  साधारणसभा  सम्पन्न  भएको छ ।
सिचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष  बद्रीनारायण महत्मानको अध्यक्षता तथा समितिका जेष्ठ सदस्य विशेश्वर मैरताको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर स्थित कार्यालय भवनमा आयोजित साधारणसभामा जल उपभोक्ता संस्थाका कोषाध्यक्ष अशाराम चौधरीले आर्थिक २०७९/०८० को २ करोड ५७ लाख८३ हजार १९ रुपैयाँको आयब्याय प्रसुत गरे ।
ब्याय (खर्च ) २ करोड ५७ लाख ५४ हजार ७ सय २१ रुपैयाँ  रहेको छ भने बचत २८ हजर २ सय २९ रुपैयाँ रहेको प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।
आम्दानी तर्फ कोशी चन्द्रनहर सिंचाइबाट २ करोड ३८ लाख ६४ हजार ३ सय ६५ रुपैयाँ , अग्रिम कर कट्टी( १.५  प्रतिशत ) ३ लाख ५७ हजार ९ सय ६५ रुपैयाँ , धरौटी कट्टा ५ प्रतिशत १२ लाख ९३ हजार २ सय २१ रुपैयाँ ,सिंचाइ सेवा शुल्क ४० हजार,गत वर्षको धरौटी १० लाख ४३ हजार ४ सय ५ रुपैयाँ र जनश्रमदानबाट २३ लाख ८६ हजार ४ सय ३६ रुपैयाँ गरि कुल २ करोड ५७ लाख ८३ हजार १९ रुपैयाँ  आम्दानी भएको कोषाध्यक्ष चौधरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी खर्चतर्फ नहर मर्मत तथा निर्माण खर्चमा २ करोड ५५ लाख ४० हजार ,कर्मचारी तलब १ लाख २० हजार,स्टेसनरीमा ४२ सय, सिचाइ सेवा शुल्क २५ हजार,पानी बिजुली टेलिफोन खर्च  ६ हजार, एक सय ५० रुपैयाँ ,विविधमा ३८ सय,इन्धनमा ५ हजार,अतिथी सत्कारमा ६५ सय,ह्रास १५ हजार ८ सय २१ रुपैयाँ र मुल्य अभिवृद्धि कर ३ हजार २ सय ५० रुपैयाँ गरि कुल २ करोड ५७ लाख ५४ हजार ७ सय २१ रुपैयाँ  खर्च भएको प्रतिबेदनमा जनाएको छ ।
साधारणसभामा संघ सरकारका  पुर्व मन्त्री हेमराज तातेड, सप्तकोसी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद ढकाल ,उप-प्रमुख रिता चौधरी ,कञ्चनरुपका निबर्तमान मेयर बसन्त मिश्र , समाजसेवी मनमोहन साह,नन्द लगरबाल, इलाका बन कार्यालय कञ्चनपुरका राम स्वर्ण  महत,कोशी पम्प चन्द नहर सिंचाइ व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख सुर्यनारायण चौधरी र समितिका उपाध्यक्ष रामदेव साहले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा चन्द नहर सिचाइ प्रणाली जल उपभोक्ता संस्था अन्तर्गत सप्तकोसीदेखि महदेवा पालिका सम्मका ११वटा शाखाका कृषकहरूको उपस्थिति रहेको थियो ।