• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोकेन्द्र बुढाथोकी स्मृतिबाट डम्बर र बाताबरण पत्रकारिता पुरस्कारबाट यादव पुरस्कृत

लोकेन्द्र बुढाथोकी स्मृतिबाट डम्बर र बाताबरण पत्रकारिता पुरस्कारबाट यादव पुरस्कृत
न्यूज टुडे
राजविराज, २६ पुस ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका दुई जना पत्रकार बिहीबार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार डम्बर राई र महासंघका पुर्व सभापति बैधनाथ झाले स्थापना गरेको बाताबरण पत्रकारिता पुरस्कारबाट अरुण कुमार यादव सम्मानित भएका हुन् ।
सम्मानित पत्रकार राई र यादव । फोटो : न्यूज टुडे
प्रेस चौतारीका जिल्ला अध्यक्ष तथा पब्लिक प्रेस दैनिकका कार्यकारी सम्पादक राइलाई कार्यक्रमका प्रमुख अतिथि आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा आयोजित ३०औं लोकेन्द्र स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बिच अध्यक्ष यादवले नगद राशी, माला र प्रमाण पत्रसहित सम्मान गरे। सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर १२  निवासी पब्लिक प्रेस दैनिकको कार्यकारी सम्पादक  समेत रहेका  राई करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व स-सचिब  समेत रहेका उनी प्रेस चौतारीका सप्तरी जिल्ला अध्यक्ष हुन् ।
यसैगरी सोही समारोहमा आजको वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार अरुण कुमार यादवलाई सम्मानित गरिएको छ । सप्तरीको हनुमाननगर कंकालनी  नगरपालिका वडा नम्बर २ निवासी यादव सप्तरीलाई कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिमा आवध्द्व रहेर कार्यरत छन् ।
सप्तरीका एक जना यूवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिंदै आएको यो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि यादव र प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी झाले
प्रदान गरे । उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको पुरस्कारका संस्थापक झाले जानकारी दिए ।
महासंघ शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । पत्रकारहरुको समस्या समाधानमा आम सञ्चार प्राधिकरण प्रतिबद्ध रहेको बताउँदै उनले निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
अध्यक्ष यादवले केही पत्रकार आजभोलि युटुबरको नाममा पत्रकारहरुको नाम बदनाम गर्दै आएकोले सचेत हुन आग्रह गरेका छन । पत्रकारहरुको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै यादवले पत्रकारहरुले विश्वासनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह ,नेपाल पत्रकार महासंघका पुर्व सभापति एवम् लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक बैधनाथ झा, पूर्व सभापतिहरु  मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह ,वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे ।
महासंघका सचिव राम नारायण विश्वासद्वारा संचालित कार्यक्रमम स्वागत स- सचिब गोपाल गुप्ताले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनी बारे चर्चा गरे । कार्यक्रममा प्रेस मंच सप्तरी जिल्लाका अध्यक्ष भुषन सिंह , प्रेस युनियन सप्तरी जिल्ला अध्यक्ष बिजय लाल कर्ण , प्रेस सेन्टर सप्तरी जिल्लाका अध्यक्ष दिनानाथ यादव लगायतका बिभिन्न संचार माध्यमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।