• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

होमस्टेले पर्यटन विकास र संस्कृति संरक्षणमा सहयोग : मुख्यमन्त्री साही 

होमस्टेले पर्यटन विकास र संस्कृति संरक्षणमा सहयोग : मुख्यमन्त्री साही 
न्यूज टुडे
राजविराज, २६ पुस ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर साहीले होमस्टेले पर्यटन विकस र विभिन्न जातजातिको मौलिक संस्कृति संरक्षण टेवा पुग्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदुरपश्चिम समितिद्वारा धनगढी उपमहानगरपालिका १६ स्थित भादागाउँमा बिहिवार आयोजित राष्ट्रिय भेला तथा होमस्टे प्रर्ध्द्वनमा पत्रकारहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री साहीले होमस्टेको प्रर्ध्दन तथा पर्यटन विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
सुदुरपश्चिम प्रदेशको विकासको प्रमुख आधार पर्यटन रहेको बताउँदै उनले विभिन्न जातजातिको होमस्टे संचालनले प्रदेशको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै फोनेज संघीय अध्यक्ष गजुरधन राई । फोटो:न्यूज टुडे
होमस्टेले विभिन्न जातजातिको पहिचान र संस्कृति प्रर्ध्द्वन हुनको साथै आर्थिक रुपान्तरणमा समेत टेवा पुग्ने भएकोले यसको विकासका पत्रकारहरुको अहम् भुमिका रहने बताए ।
देशभरीका आदिवासी जनजाति पत्रकारहरुसंग सुदुर पश्चिम प्रदेशमा भेटघाट गर्नुपाउँदा खुशी लागेको बताउँदै मुख्यमन्त्री साहीले पर्यटन प्रर्ध्द्वन विकास र विभिन्न जातजातिको संस्कृति संरक्षण हुने समाचारलाई स्थान दिन आग्रह गरे ।
थारु होमस्टेले भादगाउँको मात्र नभएर सुदुरपश्चिमकै विकासमा सहयोग पुर्‍याएको बताउँदै उनले यसको समग्र विकासमा प्रदेश सरकार प्रतिध्द्व रहेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय अध्यक्ष गजुरधन राईले आदिवासी जनजाति पत्रकारहरुलाई संगठनमा जोड्दै आदिवासी जनजातिहरुको पहिचान र संस्कृतिलाई संरक्षण होस भन्ने उदेश्यले आदिवासीको संस्कृतिसंग जोडिएको  स्थानमा राष्ट्रिय भेला गर्दै आएको बताए । उनले आदिवासी जनजातिहरुको समाबेशीता प्रर्ध्द्वन,पहिचान र संस्कृति जगेर्ना हुने समाचारलाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह गरे ।
थारु लाठ्ठी नृत्य प्रस्तुत गर्दै थारु कलाकारहरु । फोटो : न्यूज टुडे
आदिवासी जनजाति सुदुरपश्चिम प्रदेशकाका अध्यक्ष रामलखन चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, धनगढी नगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरी, थारु विद्यार्थी संघका उपाध्यक्ष ठाकुर प्रसाद चौधरी, थारु कल्याण कारिणीसभा कैलालीका पुर्व कार्यबाहक सभापति माधव चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव उन्नति चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रदेश इन्चार्ज भिम चौधरीले गरे ।
भेलामा थारु समुदायको पहिचान झल्कने थारु लाठ्ठी नाच प्रस्तुत समेत गरिएको थियो ।