राजकुमार साह
कन्चनरुप,२४ पुस ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा विपन्न भुमिहिन, सुकुम्बासी, दलितहरुको लागि निर्माण गरिएको सुरक्षित आवासको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको नेतृत्व रहेको एक जिल्ला स्तरीय टोलीले मंगलबार निर्माणाधीन आवासको स्थलगत निरीक्षण गरेको हो ।
टोलीले पालिकाको विभिन्न वडामा निर्माणाधीन अवस्थामा रहेकान ४१ वटा घरको अनुगमन गरि आबश्यक सल्लाह सुझाव दिएका छन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको कार्यालय ,ह्याविट्याट फोर हुनानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्र सप्तरीको संयुक्त साझेदारीमा कुल २ करोड ३ लाख ३७ हजार ६ रुपैयाँ बराबरको लागतमा ४१ घरहरू निर्माणाधीन अवस्थामा रहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिब प्रभुनारायण चौधरीले जानकारी दिए ।
विपन्न,दलित,सुकुम्बासीहरुको लागि बनाइएको घरहरुको जिल्ला समन्वय समिति ,पालिका,महुली सामुदायिक विकास केन्द्र ,राष्ट्रिय भुमी आयोग जिल्ला समिति ,नापी कार्यालय राजबिराज र पत्रकारहरुको संयुक्त टोलीले घरको निर्माण कार्यको अनुगमन गरेको उनले जानकारी दिए ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको वडा नम्बर -१ मा दलित ,जनजाति र मुस्लिम सामुदायको लागि २७ वटा घर एक करोड ५३ लाख ३० हजार ४ रुपैयाँको लागतमा निर्माण भइरहेको छ भने,वडा नम्बर -२ स्थित चौफलमा ७९ लाख ८० हजार २ सयमा १४ वटा घर निर्माण कार्य भइरहेको वडा नम्बर -४ का वडा अध्यक्ष तेजनारायण यादव (महेश) ले जानकारी गराए ।
महुली सामुदायिकका कार्यकारी निर्देशक चौधरीका अनुसार त्रिपक्षीय साझेदारिमा निर्माण भईरहेको उक्त घरहरू गत साउन १ गतेदेखि सुरु भएको छ भने,आगामी फागुन १७ गते सम्ममा निर्माण कार्य सम्पन्न हुनेछ । उनले निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको तथा बाँकी २० प्रतिशत काम समय अवधिमै सम्पन्न हुने जानकारी गराए ।
गाउँपालिकाको एक करोड ,ह्याविट्याट नेपाल र महुली सामुदायिक विकास केन्द्रको ८२ लाख र घरधनीको श्रमदानबाट गरि ५१ लाख ७० हजारको त्रिपक्षीय सहयोगबाट भुमिहिनहरुको घर निर्माण भइरहेको महुली सामुदायिकका अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिए ।
नवनिर्मित घरको अनुगमन गर्दै अग्नीसाईर कृष्णासरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरिले नमुना वस्तीको रुपमा भुमिहिन दलित ,विपन्नहरुको लागि आफ्नो पालिकामा घर निर्माण हुँदा खुसी लागेको बताए ।
उनले आगामी दिनमा यस्तो नमुना वस्तीहरु थप महुली सामुदायिकसंग सहकार्य गरेर बनाउने प्रतिबद्धता गरे ।
उपाध्यक्ष कल्पना कुमारी चौधरीले निर्माणाधीन वस्तीको लागि आवातजावतमा सहजका लागि बाटो चाडै बनाउने बताइन् ।
भुमिआयोग जिल्ला समितिका अध्यक्ष हरेराम यादवले चाडै पालिकासंग समन्वय गरेर भुमिहिन लाभग्राही परिवारलाई जग्गा धनी पुर्जा उपलब्ध गराउने जानकारी गराए ।
जिल्ला समन्वय समितिका अध्यक्ष शिवनारायण साहले नमुना वस्ती भुकम्प रहित घर बनाएकोमा त्रिपक्षीय साझेदारी गरि संस्थाले उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिए । वडा नम्बर -१का लाभग्राही आशा कुमारी सरदार र वडा -२का लाभग्राही केदार प्रसाद राईले त्रिपक्षीय सहकार्य अनुसार नमुना वस्ती बनाई दिएको जानकारी दिए । सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै उनीहरुले चाडै बिजुली ,बाटो र खानेपानीको व्यबस्था मिलाइदिनुहुन आग्रह गरे ।