न्यूज टुडे
राजविराज, २३ पुस ।
प्रेस मञ्च सप्तरीले विभिन्न चार सुत्रीय माग राखी नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा सोमबार ज्ञापनपत्र बुझाएको छ । प्रेस मञ्च सप्तरीका अध्यक्ष भुषणकुमार सिंह नेतृत्वका पत्रकारहरुले महासंघका अध्यक्ष श्रवण कुमार देवलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रेस मञ्च आवद्ध तराई- मधेशका पत्रकारहरुलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्नुपर्ने, महासंघ सप्तरीको साधारणसभा १५ दिनभित्र गर्नुपर्ने, सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेकाहरुलाई नयाँ सदस्यता वितरण गर्नुपर्ने, आर्थिक क्रियाकलापमाथि छानबिन गरिनुपर्ने मञ्चले बुझाएको ज्ञापनपत्रमा माग गरिएको छ ।
“नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले थालेको ‘सदस्यता शुद्धिकरण’को अभियानमा प्रेस मञ्च नेपाल, सप्तरी सधैं समर्थनमा रहेको तथ्य जगजाहेर नै छ । यद्यपी शुद्धिकरणको सवालमा निर्धारित ‘पन्ध्र बुँदे मापदण्ड’लाई बाइपास गर्नुका साथै त्यसमा राजनीतिक द्वेष र षड्यन्त्रसमेत भईरहेको हामीले पाएका छौं ।” मञ्चको ज्ञापनपत्र भनिएको छ ।
“निर्धारित मापदण्ड बमोजिम देशैभर पारर्दशिताका साथ ‘सदस्यता शुद्धिकरण अभियान’ कार्यान्वयन भयो भने प्रेस मञ्चले सिरोहार्य गर्दै स्वीकार गर्नेछ । तर, प्रेस मञ्च आबद्ध तराई–मधेसका पत्रकारलाई मात्रै महासंघको सदस्यताबाट हटाउने षड्यन्त्र भयो भने प्रेस मञ्च त्यसको विरोधमा संघर्ष थाल्न बाध्य हुने जानकारी महासंघ सप्तरी अध्यक्षज्यूलाई गराउन चाहन्छु , ज्ञापनपत्रमा भनिएको छ, यस्तै सदस्यता शुद्धिकरणकै सन्दर्भमा विभिन्न राजनीतिक दलमा आबद्ध केन्द्रीय हैसियतका पत्रकारहरुलाई यो शुद्धिकरणमा महासंघको केन्द्रीय समितिले समावेश नगरेको तथ्य हाम्रो जानकारीमा आएको हुनाले शुद्धिकरण अभियान सतप्रतिशत तोकिएको मापदण्ड बमोजिम कार्यान्वय गर्न समेत हाम्रो आग्रह रहेको छ , यदि त्यस्तो नभए हामी संघर्षमा जान बाध्य हुने जानकारी गराउँदछु ।”
ज्ञापनपत्रमा प्रेस मञ्चको बैठकले हाल नेपाल पत्रकार महासंघ शाखा सप्तरीको वार्षिक साधारण सभा केन्द्रको निर्देशन बमोजिम स्थगित भएको सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
तीन वर्षमा महासंघको साधारण सभा अनिवार्यरुपमा गर्नुपर्नेमा सदस्यता शुद्धिकरण एवम् उक्त कार्य केन्द्रबाट हालसम्म टुंगो नलागेको अवस्थामा पछिल्लो जिल्ला अधिवेशनबाट कायम रहेको सदस्य संख्याको आधारमा यही पुस १९ गते प्रेस मञ्च जिल्ला कार्य समितीले जारी गरेको विज्ञप्तिमा उल्लेख भए बमोजिम १५ दिनभित्र साधारण सभा आयोजना गर्न समेत महासंघ शाखा सप्तरीसँग प्रेस मञ्चको आग्रह छ, मञ्चद्वारा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यसैगरी सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका नयाँ पत्रकारलाई महासंघको सदस्यता प्रदान गर्न र महासंघको शाखा सप्तरीमा भएको आर्थिक क्रियाकलापकोसमेत आन्तरिक छानविन गरि साधारण सभाको वातावरण बनाउन समेत महासंघका नेतृत्वसँग माग गर्दछ प्रेस मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्य समिति, काठमाण्डौ, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समिति, जनकपुरधामलाई समेत बोधार्थ दिएको छ ।