• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नगरीमा रहेको १५ शैय्याको अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउनुपर्ने माग लिएर सर्लाहीको बरहथवा नगरपालिकामा उत्पन्न आन्दोलनका क्रममा एक युवकले ज्यानै गुमाउनु प¥यो ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएपछि अहिलेसम्म बरहथवा शान्त बन्न सकेको छैन । युवकको मृत्युपछि आन्दोलनरत पक्षले विभिन्न माग राख्दै प्रदर्शन जारी राखेको र झन क्षति रोक्नका लागि प्रशासनले पुनः कप्mर्यु आदेश जारी गरेको छ । आफ्नो गाउँ–ठाउँको अस्पतालको स्तरोन्नति भई उपचार सेवामा सुधार आओस् भन्ने सबै नागरिकको चाहना हुन्छ । सरकाले पनि जनताका आवश्यकता र भावनाको कदरस्वरुप सकेसम्म यस्ता चाहनालाई पूरा गर्नुपर्ने हुन्छ । जनताले नै तिरेको करबाट बनेको राज्यकोषको रकम जनताकै हितमा प्रयोग गरिन्छ भने यो प्रशंसनीय कार्य नै मानिन्छ । तथापि गरेको विकासको जस लिनका लाग हुने होडबाजी तथा व्यवधानका कारण कतिपय समयमा हुने काममा पनि व्यवधान खडा गर्ने परिपाटी पनि नदेखिने गरेको होइन । ‘फलानो विकासीय काम हाम्रो पालनामा भएको हो’ भन्ने जसका लागि एक पक्ष लाग्ने र अर्को पक्ष त्यसमा व्यवधान खडा गर्ने जस्तो अस्वस्थ्य होडबाजीको कारणले पनि विवाद बढ्ने गरेका छन् । बरहथवाको अस्ताललाई स्तरोन्नति गरेर प्रादेशिक बनाउने सवालमा पनि कतिपय रानीतिक दलबाट प्रयास भएको र एक पक्षको मनसाय उनीहरुको सोचाई जस्तो अहिले नै स्तरोन्नति नहोस् भन्ने रहेको र त्यसमा भईरहेको बिलम्वका कारणले नै मामिमा आन्दोलन गर्ने सम्ममा पुगेको बताइँदैछ ।
विकास निर्माणका कामलाई पनि राजनीतिक रंगमा ढाल्ने र आफूले जस नपाउने अवस्था आएमा व्यवधान नै खडा गर्ने हो भने सोचे अनुसारको विकासको लक्ष्य हासिल भन्दा पनि विवादमा समय खेर जाने हुन्छ । जनताको भावनालाई आत्मसात गरेर विकासीय काममा साथ सहयोग र समन्वयका साथ अघि बढ्न सकियो भने मात्र ‘विकासप्रेमी’ प्रमाण्ाित हुन सक्नेछ ।