कञ्चनरुप नगरपालिका -२ स्थित बरमझियामा रहेको माँ दुर्गा काली मन्दिरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मन्दिरका अध्यक्ष विकास गुप्तको अध्यक्षता तथा कञ्चनरुप-२ का जेष्ठ नागरिक रामजतन गुप्ताको प्रमुख आतिथ्यमा मन्दिरको प्राङ्गणमा शनिबार आयोजित एक समारोह बिच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा मन्दिरका अध्यक्ष गुप्ताले आर्थिक वर्ष २०७९/०८० को ५ लाख ८४ हजार ९सय ३२रुपैयाँको आयव्याय प्रस्तुत गरे ।
जसमा व्याय (खर्च ) ५ लाख ६२ हजार ८ सय ६३ रुपैयाँ रहेको छ,भने बैंक मौज्दात २२ हजार ६९ रुपैयाँ रहेको छ ।
आम्दानीतर्फ साविक बैंक मौज्दात २ लाख ४७ हजार ६सय६१ रुपैयाँ ,साविक नगद मौज्दात ११सय १२ रुपैयाँ ,बैंक व्याज ५ हजार,वडा दशै २०७९को आम्दानी ७५ हजार ५२ रुपैयाँ ,दान पेटिकाबाट ७ हजार एक सय ३५ रुपैयाँ ,देवि भागवतबाट आम्दानी २ लाख ७९ हजार ४४ रुपैयाँ , चामल बिक्रिबाट ८६ सय,उपभोक्ताबाट बचत १३ हजार,आजिवन सदस्यताबाट ३५ सय ३५ रुपैयाँ ,विहेबाट ११ सय,र बैंक व्याज १४ हजार ७ सय ९३ रुपैयाँ गरि कुल ५ लाख ८४ हजार ९ सय ३२ रुपैयाँ आम्दानी भएको अध्यक्ष गुप्ताद्वारा प्रस्ताव प्रतिबेदनमा उल्लेख छ।
यसैगरी खर्च तर्फ ,साधारणसभा खर्च १९ हजार १० रुपैयाँ ,नविकरण ओडिट खर्च ४ हजार ५ सय,मोटर मर्मतमा एक हजार, पुजारीको तलब ,पुजा खर्चमा २० हजार ४ सय,होरण युनिटमा १५ हजार,एमपलिफर खरिदमा ७१ हजार ,मिक्चर खरिदमा ४ हजार ८ सय,क्यामेरा जडान खर्च ४ हजार,टि.भि. ३२ इन्च खरिद र क्यामेरामा गरि २० हजार ५ रुपैयाँ , स्टेसनरी ९ सय ९५ रुपैयाँ ,राधाकृष्ण मन्दिर निर्माणमा ३ लाख ९१ हजार ३ सय ५ रुपैयाँ र २०७९/०८० को साधारणसभा पेश्कमा १० हजार ८ सय ४८ रुपैयाँ गरि कुल ५ लाख ६२ हजार ८ सय ६३ रुपैयाँ खर्च भएको प्रतिबेदन जनाइएको छ । अध्यक्ष गुप्ताले नोवेल सहकारी बैंकमा २० हजार ६९ रुपैयाँ र सहयोगी सहकारी बैंकमा २ हजार गरि कुल २२ हजार ६९ रुपैयाँ बचत ( मौज्दात ) रहेको बताए ।
साधारणसभामा पुर्व प्रतिनिधिसभा सदस्य सरिता गिरि कञ्चरुप पालिकाको वडा नम्बर -१ का अध्यक्ष रवाण खान, वडा नम्बर -२ का वडा सदस्य कमल किशोर गुप्ता, मन्दिरका संस्थापक अध्यक्ष राजेन्द्र गोरहाण(यादव ), समाजसेवी ओम प्रकाश साहले मन्दिरको हकहित हुने गरि सबैजना लाग्नु पर्ने भन्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी ,समाजसेवी ,मन्दिरप्रति आस्था विश्वास राख्ने समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।