• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको पूर्वोत्तर भेगमा हात्तीले विध्वंश मच्चाउँदै आएक छन् । ज·ली हात्तीले हरेक वर्ष त्यस भेगमा पसेर घर भत्काउने, बालिनाली सखाप पार्ने देखि मानिसको ज्यानै लिने सम्मका घटना भईसकेका छन् ।
चार दिन अघि पनि आठ वटाको समूहमा आएका हात्तीले कञ्चनरुप–१२ को चर्खिया टोलमा चार वटा घर भत्काई दिएका छन् । उक्त घटनामा लाखौंको क्षति भएको पीडितहरुको कथन छ । हात्तीले विध्वंश मच्चाएको यस पटक मात्रै होईन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले यस अघि पनि विभिन्न गाउँमा पसेर क्षति गरी सकेका छन् । कुन बेला हात्तीका आक्रमणमा परिने हो भन्ने डरले गाउँलेहरु राम्ररी निदाउन पनि नसकिरहेको अवस्थामा जनताको सुरक्षाका लागि सरकारले भरपर्दौ सुरक्षा व्यवस्था चाहिँ मिलाउन सकिरहेको छैन । हात्तीले विध्वशं मच्चाएपछि सुरक्षाको माग गर्दै जनताले यस अघि पनि पटक–पटक आन्दोलन गरिसकेका छन् । सुरक्षा व्यवस्था मिलाउने भन्दै स्थानीय प्रशासनले आन्दोलनकारी सम्मका प्रतिबद्धता जनाएर पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सक्दा जनताको समस्या चाहिँ यथावतै रहँदै आएको छु । नेताहरुले चुनावी घोषणा पत्रमा समेत यस विषयलाई लिएर समाधानको प्रतिबद्धता नजनाएका होइनन् । तर जितेर गएपनि गरेको प्रतिबद्धता कायान्वयन तर्फ चासो नलिएका कारण यो समस्या केवल चुनावी मुद्दामा मात्र सिमित हुन पुगेको छ ।
ज·ली जनावरको समेत संरक्षणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षको स्थापना गरिएको छ । तर त्यही आरक्षका जनावर बसतीमा पसेर जनताको ज्यानै लिन लाग्दा पनि सरकारले सुरक्षाको प्रबन्ध गर्न चाहिँ नसक्नु बिडम्वनापूर्ण अवस्था छ । जनतामाथि पर्दै आएको यस समस्याको समाधानप्रति जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सबै सरोकारवालाले जिम्मेवारी बुझेर पहलकदमी लिनुपर्ने आवश्यकता छ ।