• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शम्भुनाथ २ का ६१ जना सुकुम्बासीलाई जग्गाधनी प्रमाण 

शम्भुनाथ २ का ६१ जना सुकुम्बासीलाई जग्गाधनी प्रमाण 
न्यूज टुडे
राजविराज, १९ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ का ६१ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण ( निस्सा) वितरण गरिएको छ । शम्भुनाथ नगरपालिका २ का वडा अध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरीको प्रमुख आतिथ्यमा ट्राफिक बजारमा बिहीवार आयोजित एक समारोहका विच उनीहरुलाई जग्गाधनी प्रमाण वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आयोगका विज्ञ सदस्य पञ्चदेव चौधरी । फोटो : न्यूज टुडे
शम्भुनाथ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा ५० जना भुमिहिन दलित र ११ जना भुमिहिन सुकुम्बासी गरि ६१ जनालाई प्रमुख अतिथि विज्ञ सदस्य चौधरी, आयोगका जिल्ला सदस्य हरिनारायण महतो, अनार देवी चौधरी, वडा अध्यक्ष भगतलगायतकाले जग्गाधनी प्रमाणपत्र ( निस्सा ) वितरण गरे ।
निस्सा वितरण गर्दै प्रमुख अतिथि चौधरीले देशका तमाम नेपाली नागरिकलाई जग्गाधनी बनाउने राष्ट्रिय अभियानलाई सफल पार्न सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
सुकुम्बासी मुक्त देश बनाउने उदेश्यकासाथ बर्तमान गठबन्धनको सरकार अगाडि बढेको उल्लेख गर्दै उनले यस अभियानको सार्थकताका लागि आयोगले सक्रिय रुपमा काम गरिरहेको बताए ।
राष्ट्रिय भुमी आयोग सप्तरीका सदस्य हरिनारायण महतोले लालपुर्जा वितरणको कार्यलाई तिब्रता दिन आग्रह गरे । नगरपालिकाले जति छिटो प्रक्रिया अगाडि बढाउन सक्छ त्यही गतिमा आयोगले सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय भुमी आयोगकी सदस्य अनार कुमारी चौधरीले २२ औं आयोगका रुपमा रहेको यस समितिले लालपुर्जा वितरण कार्यलाई प्रभावकारी रुपले अगाडि बढाएको बताइन् । गलत विवरण पेश गरेकालाई छानबिन गरि उनीहरुलाई सहभागी नगराउने बताउदै उनले आयोगले बास्ताविक भुमिहिनहरुको पहिचान गरेर लालपुर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
 सभापतित्वमाको आषणबाट बोल्दै वडा अध्यक्ष भगतले सुकुम्बासीलाई जग्गाको मालिक बनाउन वडाको तर्फबाट कुनै कमि हुन नदिने बताए ।
यस अघिसमेत सयौं भुमिहिन दलित तथा सुकुम्बासीहरुलाई सुरक्षित आवास प्रदान गरेको स्मरण गर्दै उनले विपन्न,भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी बनाउने अभियानमा पुर्णसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
दलित सरोकार मञ्च सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले भुमिहिन दलितहरुले पुस्तौंदेखि देख्नसम्म नपाएको लालपुर्जा भुमी आयोगमार्फत पाउँदा दलित समुदाय उत्साहित भएको बताए ।
वडा सचिब विनोद यादवद्वारा संचालित  कार्यक्रममा स्वागत स्थानीय नजेबुल हुसेनले गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङ, प्रेस संगठनका केन्द्रिय सदस्य नर्मदेव यादव, राष्ट्रिय भुमी आयोग शम्भुनाथ नगरपालिका सेवा केन्द्र प्रमुख सुभाष यादवलगायतका स्थानीय जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको भुमी आयोग शम्भुनाथका अमिन निरज कुमार साहले जानकारी दिए ।