• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

माओबादी केन्द्रको चार महिने रुपान्तरण अभियान सम्पन्न 

माओबादी केन्द्रको चार महिने रुपान्तरण अभियान सम्पन्न 
न्यूज टुडे
राजविराज, १८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको आयोजनामा संचालित चार महिने जनतासगं माओबादी बिशेष रुपान्तर अभियान सम्पन्न भएको छ ।  नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका इन्चार्ज एवम्  पुर्व मन्त्री महेन्द्र पासवानको अध्यक्षतामा राजविराजमा बुधवार आयोजित एक समारोहका विच रुपान्तरण अभियान समापन गरिएको हो ।
रुपान्तरण अभियान समापन समारोहमा मन्चासिन माओवादी नेताहरु । फोटो : न्यूज टुडे
अध्यक्षको आषणबाट बोल्दै पासवानले पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ४ महिने अभियानले पार्टीका नेता,कार्यकर्तालाई जोड्ने कामको साथै जिल्लामा नेताहरु विच रहेको अन्तरविरोध न्यूनीकरणमा टेवा पुगेको बताए ।
 उनले अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्थामा परिर्वन नभएकोले मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्वले एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोलि रहेको उल्लेख गरे ।
  नेपालको परिपेक्षमा संसदीय निर्वाचन प्रणाली महंगो भएको बताउदै उनले गरिव,दलित लगायतका समुदायका लागी समावेशी,समानुपातिक,रुपमा सहभागी गराउन प्रत्येक्ष निर्वाचित राष्ट्रपति कार्यकारी र सांसदहरु पुर्ण समानुपातिकबाट ल्याउने निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए  ।
 उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हरेक परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको दाबी गरे । देशमा जनयुद्घ नभएको भए शाही राजतन्त्र नढल्ने उनको भनाइ थियो  ।
माओवादीका हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको उनले जिकिर गरे  । उनले अभियानबाट नै माओवादीमा रहेका भ्रष्ट,जालसाजी लगायतका प्रवृती कम भएर गएको टिप्पणी गरे ।
अभियानबाट स्थानीय समस्या,विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने उनले विश्वास व्यक्त गरे  ।
 उक्त अवसरमा पार्टी केन्द्रीय सदस्य रामकुमार शर्मा,दिलिपकुमार साह,जगत प्रसाद यादव, बौधमाया यादव,सुनित महतो, बैकिलपिक केन्द्रीय सदस्य असर्फी सदा, केन्द्रीय पुर्व सल्लाहकार पुष्प बस्नेत, हिरालाल यादव, पुर्व प्रदेश सभा सदस्य प्रमिला यादवलगायतले अभियानको बारेमा आ -आफ्नो धारणा राखेका थिए ।
पुर्व प्रदेश सदस्य छेदी रजक(विमल)ले सञ्चालन गरेको सो कार्यक्रममा सप्तकोशी नगरपालिकाबाट रविन्द्र चौधरी,अग्नीसाइर कृष्णासवरन गाउँपालिकाबाट बेचन चौधरी,हनुमाननगर कंकालिनी ननगरपालिकाबाट राहुल मण्डल,राजविराजबाट केदार देव,छिन्नमस्ताबाट विनोद यादव,कोइलाडी तिलाठीबाट खगेन्द्र मण्डल,महादेवाबाट दिपेन्द्र माझी,रुपनीबाट राजु जयसवाल , शम्भुनाथबाट गणपति साह,डाकनेश्वरीबाट कर्णदेव यादव, राजगढबाट दिप नारायण यादव,बलान बिहुलबाट पशुपति यादव,बोदेबर्साइनबाट हिरा लाल यादव,सुरुङ्गाबाट सुर्य नारायण यादव, खडक बाट प्रथम लाल रामले मन्तव्य व्यक्त गरे ।
अभियान कार्यक्रममा २५ हजार २ सय पचास रुपैयाँ खर्च भएको थियो भने १८ हजार ५ सय आम्दानी भएको मधेस प्रदेशका पुर्व सदस्य भागवत यादवले जानकारी दिए । अभियान समापनको अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरुलाई सम्मान समेत गरेको  थियो ।