• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको रुपनी गाउँपालिका–२ स्थित बुधेश्वर आधारभूत विद्यालयमा यति बेला प्रधानाध्यापक को बन्ने भन्ने होड नै चलेको छ ।
पहिलेका प्रधानाध्यापकको अवकाश भएपछि निमित्त प्रधानाध्यापक को बन्ने भन्ने होडवाजीले गर्दा विद्यालयको पठनपाठन नै प्रभावित हुने अवस्था आएको हो ।
अवकाश हुन लागेका प्रधानाध्यापकले विद्यालय छाड्नु अघि सोही विद्यालयमा कार्यरत सहकर्मीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिने प्रचलन छ । तर सिनियर सम्बन्धी विवादका कारण अर्को शिक्षकले आफू सिनियर भएका कारण निमित्तमा दावी गरेपछि अहिले उक्त विद्यालयमा विवाद चुलिएको हो । समस्या बुधेश्वरी आधारभूत विद्यालयको मात्र होइन । जिल्लाका कतिपय अन्य विद्यालयको पनि यस्तै हाल रहेको छ । नर्घो स्थित जनता शंकर माविमा त आफ्नो अनुकूलको व्यक्तिलाई निमित्त प्रधानाध्यापक बनाउनका लागि माथिल्लो तहकै शिक्षकको दरबन्दी कट्टा गर्ने काम समेत भएको छ । स्थानीय तहहरुलाई आफ्ना क्षेत्रभित्रका विद्यालयहरु हेर्ने जिम्मेवारी दिईएको छ । नजिकको सरकारकै रुपमा रहेका स्थानीय तहको निगरानीमा रहँदा विद्यालयको पठनपाठन सुध्रिएला भनेर यस्तो जिम्मेवारी दिईएको हो । तर विडम्वना के देखिन थालेको छ भने स्थानीय तहकै जनप्रतिनिधि समेत प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर आफै विवादमा मुछिने गरेका कतिपय घटना छन् । यस प्रकारका विवादका कारण प्रत्यक्ष मारको शिकार चाहीँ विद्यालयमा पढ्ने वालबालिकाले हुनु परिरहेको छ । समस्या समाधान होला भनेर जसलाई जिम्मेवारी दिईएको हो, ऊ आफै विवादको कारण बन्दछ भने यस्तो अवस्थामा पठनपाठन कसरी सुध्रिन सक्ला?
विद्यालयमा निर्वाध पठनपाठनका लागि पहिला विद्यालयलाई विवादरहित तुल्याउन जरुरी हुन्छ । तर विवाद साम्य तुल्याउनु भन्दा पनि बढाउने तर्फ खेल हुन्छ भने यसको मार अवोध बालबालिकामाथि पर्न जान्छ भन्ने बुभ्mन जरुरी छ । स्थानीय तहहरुले यस्ता समस्याको निराकरण गरी पठनपाठन निर्वाध रुपमा चलाउने वातावरण मिलाउनु पर्ने हुन्छ । आफैं विवादमा मुछिने हो भने त यसको मारमा विद्यालय नै पर्ने अकाट्य झैं हुनेछ ।